काठमाण्डौ, २५ मंसिर । नेपाली कांग्रेसको महासमिति बैठक २९ गते सुरु हुने भएको छ । देशभरका महासमिति सदस्यहरु अघिल्लो दिन नै काठमाडौं आइपुग्नेछन् ।
महासमिति बैठकको उद्घाटन मंसिर २९ गते शनिबार हुने प्रवक्ता विश्वप्रकाश शर्माले जानकारी दिए । त्यही दिन साँझ राजनीतिकसहितका दस्तावेज पेश गर्ने र १ गतेबाट छलफल थाल्ने तयारी छ । महासमिति बैठकमा पेश गर्ने आर्थिक प्रतिवेदन केन्द्रीय कार्यसमिति बैठकले पास गरेको छ भने राजनीतिक प्रतिवेदन पेश हुन बाँकी छ ।
विधान मस्यौदामाथि छलफल सकिएको छ तर, पदाधिकारी संख्या लगायतका विवादमा सभापति शेरबहादुर देउवा र रामचन्द्र पौडेल समूहबीच सहमति जुट्न बाँकी छ ।