सम्झना त आउछ प्रिया नभेटेको धेरै भयो
माया त साह्रै लाउछ प्रिया नभेटेको धेरै भयो
चन्चल तनलाई थुनेपछि, को मल मनलाई ठुंगेपछि
खुशियाली त हराउँछ प्रिया नभेटेको धेरै भयो
छिया छिया मन लिएर एकान्तमा टोलाउदा,
जिउँदै चितामा जलाउँछ प्रिया नभेटेको धेरै भयो
बसन्तको बहार बेकार विवशताको प्रहरमा
कोइलीले गीत गाउछ प्रिया नभेटेको धेरै भयो
गुंड फर्केर बचरालाई चारो खुवाउने कहिले होला?
यस्तै यादले सताउछ प्रिया नभेटेको धेरै भयो
RaptiSandesh RaptiSandesh