Home / Feature Breaking news / ओलीले आफूलाई महाराजधिराज ठाने : प्रचण्ड

ओलीले आफूलाई महाराजधिराज ठाने : प्रचण्ड

 

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) प्रचण्ड(माधव पक्षका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले प्रधानमन्त्री केपी शर्मा ओलीले आफूलाई महाराजधिराज ठान्ने गरेको बताएका छन् ।

काठमाडौंमा शनिबार आयोजित नेकपा प्रचण्ड(माधव समूह सम्बद्ध शिक्षकहरुको राष्ट्रिय भेलालाई सम्बोधन गर्दै अध्यक्ष प्रचण्डले आफू जन्मिएको धरातल बिर्सेर प्रधानमन्त्री ओलीले आफूलाई महाराजधिराज सम्झिएको टिप्पणी गरेका हुन् । कम्युनिस्टहरुले हिजो जुन वर्गको विरुद्धमा विद्रोह गरे त्यही वर्गलाई अहिले केपी ओलीले साथ दिएको पनि बताए ।

उनले भने, ‘पार्टी भित्रैपट्टिबाट वर्गउत्थान भएका केही नेताहरु जोविपरीत वर्गको स्वार्थसँग आत्मसमर्पण गर्छन् र उनीहरुको प्रलोभनमा फस्छन् र उनीहरुका एजेन्ट हुन्छन् र आफ्नो वर्गलाई धोका दिन्छन् । आफू जहाँबाट जन्मिएको हो त्यो धर्ती उनीहरुले बिर्सिन्छन् र आफूलाई हिजो जसका विरुद्ध लडाइँ गरेको हो हिजो जसका विरुद्ध विद्रोह गरेको हो त्यही वर्गको प्रतिनिधिजस्तो ठान्न पुग्छन् । अहिले तपाईंहरु हेर्नुभयो भने कताकता केपी ओलीले आफूलाई महाराजधिराज नै भएजस्तो ठान्छन् ।’

आफूलाई महाराजधिराज ठान्न थालेदेखि पार्टीको बैठकमा बस्न नपर्ने, आफ्नो आलोचना पनि नसुन्ने र आफूले भनेको कुरालाई ब्रह्‍मव्याख्याका रुपमा अरु सबैले मानिदिनुपर्ने प्रवृत्ति केपी ओलीमा देखिएको पनि अध्यक्ष प्रचण्डले बताए । उनले भने,‘बैठकमा बस्न पनि नपर्ने, आलोचना सुन्न नि नसक्ने, आफूले भनेपछि त्यो ब्रह्‌मव्याख्याजस्तो सबैले मानिदिनु नै पर्ने नमान्ने मान्छेअगाडि देख्नै नहुने यो महाराजधिराजहरु कै चरित्र हो नि त । आलोचना सहन पनि नसक्ने सुन्न पनि नसक्ने बैठक बहस भन्ने पटक्कै मन नपराउने आफू नेतृत्वमा पुग्नका लागि जस्तोसुकै कुराको पनि सम्झौता गरिदिने कार्यान्वयन एउटा पनि नगर्ने ।

आफू सत्तामा पुग्नका लागि जस्तो पनि सम्झौता गर्ने र सम्झौता भइसकेपछि कार्यान्वयन नगर्ने प्रवृत्ति प्रधानमन्त्री ओलीमा रहेको पनि अध्यक्ष प्रचण्डले बताए । पार्टी एकता हुँदा भएका कुनै पनि सहमति प्रधानमन्त्री ओलीले नमानेको र आफूलाई महाराजधिराजजस्तो ठान्ने गरेको बताए ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*