दाङ,२३ चैत्र । हेर्दा सरल मान्छे । मिजासिलो बोली । पहिरनमा खास्सै ख्याल नगर्ने । गेटअफ भन्दा परिश्रममा विश्वास गर्ने । परिआए जस्तो काम गर्न पनि पछि नपर्ने मान्छे हुन होटेल व्यवसायी रुद्रबहादुर डागी । होटेलमा ३ ्र४ जना मानिसहरु काम गर्नका लागि राखेको भएपनि अधिकांस समय आफै काममा बेस्त देखिन्छन ।
होटेल व्यवसायीहरुको नेतृत्व गरिरहेका डागी ग्राहकहरुलाई खाना बनाउनेदेखि वेटरसम्मको काम गर्न भ्याउछन । विगत एक दशकदेखि होटेल व्यवसायीका रुपमा परिचित डागी जीवनमा विभिन्न आरोह–अवरोह पार गर्दै अहिलेको अवस्थामा आईपुगेका हुन । जीवनलाई यहाँसम्म ल्याउनले डागीले जीवनमा धेरे संघर्ष गरेका छन । त्यसक्रममा डागीले धेरै सुख तथा दुखका पलहरु संघालेको बताउछन ।
उनै डागीलाई सोमबार मैले डागीकै होटेलमा भेटी खुशीका पलहर सुनाउन आग्रह गरे ।
प्राय होटेल व्यवसायीका समस्याहरु सोध्ने मैले खुशीका पलहरु सुनाउन आग्रह गर्दा एक छिन डागी अलमलमा परे । केही भन्नै सकेनन् । फेरी मैले भने जीवनको बाल्यकालदेखि अहिलेसम्म तपाईको जीवन भोगाईका क्रममा तपाई लागेका खुसी कुराहरु सुनाउन भने । त्यसो भन्दा उनलाई के सुनाउ झै लाग्यो । जीवनमा धेरै दु.ख र संघर्ष गरेको बताउने डागीले भने,‘ म जीवनमा पहिलो पटक जुत्ता र पाइन्ट लगाउदा खुशी भएको थिए ।’
पहिलेको कुरा हो हाप पाइन्ट र कमिज लगाउने चलन थियो । प्राय गाउँभरी मानिसहरुले हापपाईन्ट लगाथ्यौ । त्यसमा पनि बालबालिकाहरुको उमेरमा झन सवै बालबालिकाहरुले लगाउने भनेकै हामपाइन्ट र कमीज थियो । त्यही समयमा अंगलले इन्डीयावाट घर आउनुभयो । उहाँले घर आउदा मलाई एक जोर जुत्ता र पाइन्ट ल्याईदिनुभएको रहेछ, त्यो पाईन्ट र जुत्ता लाउन पाउदा असाध्यै खुशी लागेको थियो । उती बेला म ७ ्र ८ बर्षको थिए, त्यो दिनलाई सम्झदा अहिलेपनि रमाईलो लाग्ने गर्छ ।
घोराहीको तुलसीपुरचोकमा युनिक तन्दुरी होटेल सञ्चालन गर्दै आएका डागी अहिले उमेरले ४७ बर्ष पुगे । होटेल व्यवसाय गर्नुपूर्व घोराहीको साविक सौडियार गाविसमा टमाटर खेती गरेर व्यवसायमा हात हालेका थिए । तर टमाटर व्यवसाय डागीलाई फापेन । ‘२०५९ सालतिरको कुरा हो ,बारीमा टमाटर उत्पादन भए, गाउँमा बेचेर सकिदैन थियो, अनि आएर घोराहीको सव्जमण्डीका एक जना व्यापारीसँग टमाटर किन दिन आग्रह गरे,साहुजीले पनि प्रतिकिलो २ रुपैयाका दरले किनिदिने भएका थिए’, डागीले भने,‘तर माओवादी र सरकारी द्धन्द्धका क्रममा बुटवलबजार बन्द भएको रहेछ,मैले ल्याएको एक गाडी टमाटर साहुजीले किन्दीएनन्,कटुवाखोलामा लगेर फाले ,त्यसपछि छोडिदिए टमाटर व्यवसाय ।
र, फेरी अर्काे व्यवसाय सुरु गरे । केरा खेती । त्यो पनि पालाले सिध्याईदिएपछि डागी २०६४ सालतिर होटेल व्यवसायमा हात हाले । आफुसँग भएको करिव ४० रुपैयाको लगानीमा होटेल व्यवसाय शुरु गरेका डागीलाई अहिले भने होटेल व्यवसाय फापेको छ । होटेलवाट राम्रो आम्दानीसँगै दाङ जिल्लाभरका होटेल व्यवसायीहरुको संगठन दाङ जिल्ला देउखुरी होटेल व्यवसायी समितिको नेतृत्वमा पुग्ने अवसर समेत प्राप्त गरेका छन ।
होटेल व्यवसाय शुरुवात गरेको दुई बर्षमै मनोनित भएका डागी करिव एक बर्षपछि समितिको उपाध्यक्षमा मनोनित भए । सरल व्यक्तित्व,कसैलाई अप्ठेरो नपार्ने र काम गर्ने सक्ने क्षमता भएकै कारण समितिको उपाध्यक्ष भएको करिव तीन बर्षपछि दाङ देउखुरी होटेल व्यवसायी समितिको अध्यक्षमा बन्ने सौभाग्य प्राप्त गरेका थिए ।
होटेल व्यवसायीहरुको हकहितका पक्षमा केही गर्न सक्छ भन्ने उद्देश्यलले नै आफुलाई होटेल व्यवसायीहरुले जिम्मेवारी दिदाको त्यो दिनलाई खुशीको रुपमा लिन्छन । ‘कुनै पनि संगठनको नेतृत्वमा पुग्न हानथाप हुने गर्दछ,अध्यक्ष हुन कै लागि अधिकांस स्थानमा चुनाव हुन्छन’,उनले भने,‘तर म अध्यक्ष बन्दा चुनाव गर्न परेन, सवै होटेल व्यवसायीहरुवाट सहमतिमै भए,यवसायीहरुको मलाई साथ मिल्यो ।’
यहि विचमा डागीले होटेल व्यवसायमा सुधारका लागि केही प्रयासहरु समेत गरेका छन । दाङ जिल्लाको पर्यटनको आधारका रुपमा रहेका होटेल व्यवसायहरुलाई सुफा र सुरक्षित राख्नेदेखि होटेलहरुलाई बालश्रम मुक्त बनाउने काम समेत उनले गरे । बालश्रम मुक्त होटेल व्यवसाय बनाउन घोराहीका सम्पुर्ण होटलमा अनुगमण गरि २१ ज्ना बालबालिकाहरुलाई उद्धार समेत गरियो ।
घोराही उपमहानगरपालिका,अन्य संस्थाहरुको सहकार्यमा बालबालिकाहरुलाई सम्वन्धी परिवारमा पुर्नस्थापना गर्दाको क्षणलाई खुशीको पलका रुपमा उनी लिन्छन । डागी भन्छन–‘बाल्यकाल भनेको पढ्ने,लेख्ने र सिक्ने उमेर हो,यो उमेरमा बालबालिकाहरुलाई श्रममा लगाउनु हुदैन भन्ने मेरो मान्यता रहेको छ ।’ यद्यमी पूर्ण रुपमा होटल व्यवसायलाई बालश्रम मुक्त गर्न सकिएको छैन ।
डागीको अर्काेको खुशीको पलका रुपमा लिन्छन जीवन संगीन खुमा डागीलाई । गाउँमा संगै खेल्ने,स्कुल जाने क्रममा अलिअलि मन परेको थियो । तर धेरै मन पराएको कुरा उनलाई थाहा थिएन । हाम्रो परिवार रोल्पासागै दाङमा पनि बस्ने भएकाले म दाङ आएको थिए । २०४९ सालतिरको कुरो हो म २२ बर्षको थिए । ‘घरमा विवाहका बारेमा कुरा चल्दै थियो, थियो,मैले उनलाई भगाउने सोचले रोल्पा गएको थिए’,डागीले भने,‘रोल्पामा तँ केटीको विवाह हुन थालिसकेको रहेछ,केटी लिन मान्छेहरु आएका थिए,साहेद यीनलाई त्यो दुलाह मन परेको रहेन्छ मैले कुरा गरेर त्यही दिन भगाएर दाङ ल्याए ।’
रोल्पावाट हिड्दै दाङ आउनु पर्ने भएकाले बाटोमा केही हुन्छ कि भनेर डर लागेको थियो तर केही भएन । उनलाई आफनो जीवन संगीनीको रुपमा अंगाल्न पाउदाको त्यो क्षणलाई मैले सधै जीवनको खुशीको पलका रुपमा लिने गरेको छु उनले भने ।
२०४८ सालतिरको कुरो हो जति बेला डागीले छिमेकी देश भारतमा बस्थे । भारतको उत्तरको उत्तराखण्ड जिल्लाको उत्तरकाशी भन्ने स्थानमा डागी बस्दै आएका थिए । एक दिन डागीले थाहा पाए त्यहाँको एक ठेकेरदारले नेपालवाट पैसा कमाउनलाई गएका नेपालीहरुलाई बन्धक बनाएर ओडारमा राखेको भन्ने खवर ।
बाटो खन्ने काममका लागि त्यहाँ करिव २१ जना नेपाली पुगेका रहिछन उनीहरुलाई ठेकेदारले बन्धक बनाएर राखेको रहेछ करिव दुई बर्षसम्मको पैसा समेत दिएको रहेन्छ । त्यो थाहा पाएपछि मैले नजिकैको पुलिस चौकीमा खवर गरेर ती नेपालीहरुको उद्धार गरे,त्यसपछि उनीहरुले २ बर्षसम्म नपाएको तलव पनि पाएका थिए । दु.खमा परेका नेपालीहरु उद्धारहुदा खुशीका साथ नेपाल फर्किएका थिए,उनीहरुलाई उद्धार गर्दा त्यो क्षण मेरा जीवनमा सधै खुशीको स्मृतिका रुपमा आईरहन्छ ।
डागी २०२७ साल भदौ १० गते बुबा महिसर डागी र आमा नोखीदेवी डागीको कोखवाट रोल्पा जिल्ला साविक गौरीगाउँ गाविसको दुम्लाहमा जेठ सन्तानका रुपमा जन्मीएका थिए । डागीका तीन भाई र तीन बहिनीहरु रहेका छन । सोही ठाउँ निवासी निवासीसँग बिवाह गरेका डागीका एक छोरा एक छोरी रहेका छन । डागी दाङ देउखुरी होटेल व्यवसायी समितिसँगै नेकपा एमालेका क्षेत्रीय कमिटिलगाएतका विभिन्न संघसस्थाहरुमा आवद्ध रहेका छन ।
लिलाधर वली