दाङ, ७ साउन । खेतमा धान रोपेर घर फर्कने क्रममा कटुवाखोलामा खनिएको कृतिम पोखरीमा हाटखुट्टा धुने क्रममा आइतवार पोखरीमा खस्दा घोराही उपमहानगरपालिका–१८ सालघारी र अम्वापुरका तीन किसोरीको मृत्यु भयो ।
यो बर्षको धान रोपेर खेतवाट फर्कदै गर्दा सिचाईका लागि खनिएको पोखरीमा अम्वापुरकी निवासी १९ बर्षीय बसन्ता विक, सालघारी निवासी १९ बर्षीय झरना विश्वकर्मा र झरनाकी बहिनी १६ बर्षीय अमृता विकले कलिलै उमेरमा ज्यान गुमाउनुप¥यो ।
गएको पुस महिनामा घोराही उपमहानगरपालिका–१७ को गुलरियामा निर्माण गरिएको कृतिम जलाशयमा नुहाउने क्रममा १८ बर्षीय लक्ष्मण डागीको मृत्यु भयो । पोखरीको नजिकै रहेको क्रिकेट मैदानमा क्रिकेट खेलेर नुहाउने क्रममा डागीको पोखरीमा डुवेर मृत्यु भएको थियो । यी त प्रतिनिधि पात्र मात्र हुन यो बर्ष जिल्लामा पोखरी, नदि, खोला र नालाको पानीमा डुवेर २४ जनाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय दाङले जनाएको छ । जसमा अधिकांस मानिसहरुको पोखरीमा डुवेर मृत्यु हुने गरेको छ ।
सिचाई तथा पानी संरक्षणका लागि पोखरी निर्माण गरिएपनि पोखरीको सुरक्षाका लागि तारवार गरेर संरक्षणको काम नहुदा पोखरीमा नुहाउन जाने मानिसहरु डुवेर मृत्यु हुने गरेको जिल्ला प्रहरी कार्यालय दाङका प्रहरी नायव उपरिक्षक बिनोदविक्रम शाहले जानकारी दिए । प्रहरी नायव उपरिक्षक शाहका अनुसार यो बर्ष घोराही क्षेत्रमा १४ जना, तुलसीपुर क्षेत्रमा सात जना, लमही क्षेत्रमा दुई जना र भालुवाङ क्षेत्रमा एक जनाको मृत्यु भएको छ ।
जिल्ला प्रहरी कार्यालय दाङका अनुसार घोराही उपमहानगरपालिका–१८ मा निर्माण गरिएको गिठेपानी स्थीत सिचाई ड्याममा पौडी खेल्ने क्रममा १२ बर्षीया कुसुम गौतम, घोराही–८ को जवां खोलामा नुहाउने क्रममा सोही ठाउँ निवासी आर्यन परियार, घोराही उपमहानगरपालिका–१८ ढोडेनी स्थीत माछा पाल्नकालागि पोखरीमा नुहाउने क्रममा सात बर्षीय सुर्दशन पुनमगरको मृत्यु भएको थियो ।
त्यस्तै घोराही–१६ बाहुनडाँडामा रहेको गंगते पोखरीमा नुहाउने क्रममा रोल्पाका २५ बर्षीय लालबहादुर डागी,घोराही–१८ मसिनामा कुवाँमा डुवी ५० बर्षीय जुगानी चौधरी, घोराही–१९ निवासी हिमाल केसी पोखरीमा नुहाउने क्रममा,घोराही–१२ बडहरा युवराज सार्कीको कुलोमा डुवेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय दाङले जानकारी दिएको छ । प्रहरीका अनुसार घोराही–११ हापुर खोलामा पौडी खेल्ने क्रममा ६० बर्षीय बिष्णुप्रसाद थारु, घोराही–७ बेलहरी जवाँ खोलामा नहाउने क्रममा २२ बर्षीय शिवराज पुन र घोराही–६ अघरामा डेढ बर्षीय बालकको कुलोमा डुवी मृत्यु भएको थियो ।