Home / Feature Breaking news / ‘जनताका समस्या समाधानमा सरकारलाई गम्भीर बन्न काग्रेसको आग्रह’

‘जनताका समस्या समाधानमा सरकारलाई गम्भीर बन्न काग्रेसको आग्रह’

दाङ,७ साउन । नेपाली कांग्रेस दाङले किसानलाई समयमै मल उपलव्ध गराउन माग गर्दै सरकारको ध्यानाकर्षण गराएको छ । कांग्रेस दाङले मंगलबार जिल्ला प्रशासन कार्यालयमार्फत प्रधानमन्त्रीको कार्यालयलाई खेती गर्ने किसानहरुलाई सहजै मल उपलव्ध गराउन माग गरेको छ ।

किसानले बर्षभरी खानलाई धान उत्पादन गर्ने समयमा पनि सहज रुपमा मल प्राप्त गर्न नसक्नु दु.ख भएको भन्दै किसानको समस्यामा सरकारलाई गम्भीर बन्न आग्रह गरेको छ ।

त्यस्तै काग्रेसले बीउको उपलब्ध गराउनु पर्ने, घोराहीमा रहेको राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान, तुलसीपुरमा रहेका राप्ती प्रादेशिक अस्पताल र लमहीमा रहेको अस्पतालको स्वास्थ्य सेवालाई प्रभावकारी बनाउन समेत सरकारसँग माग गरेको छ ।

त्यस्तै काग्रेसले विज्ञप्ति माफर्त महंगी र अनियमितता रोक्न समेत माग गरेको छ । स्थानीय सरकारले विकासका नाममा गुणस्तरहिन काम गरेर पैसा सिध्याउने काम गरेको भन्दै विकास निर्माणका कामलाई गुणस्तरिय बनाउदै अनियमिता र भ्रष्टाचार रोक्न समेत माग गरेको छ ।

नेपाली काग्रेस पार्टी कार्यालय घोराहीबाट सुरु भएको ¥याली बजारको परिक्रमा गर्दै जिल्ला प्रशासन कार्यालयमा पुगेको थियो । पार्टी सभापती किर्तीबहादुर खड्काको नेतृत्वमा प्रशासन पुगेर काग्रेसले जनताको जनजीविकाको सवालमा सरकारलाई गम्भीर बन्न आग्रह गरेको हो । जिल्ला सभापति खड्काले प्रमुख जिल्ला अधिकारी गोबिन्द रिजाललाई ज्ञापनपत्र बुझाएका थिए ।

पार्टी कार्यालयवाट सुरुभएको ¥यालीमा प्रदेशसभा सदस्य,काग्रेस पार्टीका पूर्व जिल्ला सभापति विरकेश्वरी गौतम,जिल्ला कार्यसमिति सदस्य, महासमिति सदस्य, महाधिवेशन प्रतिनिधि,विभिन्न भातृ संगसंगठनका नेता तथा कार्यकर्ताहरुको सहभागिता रहेको थियो । सरकार विरुद्ध नारावाजी गर्दै ¥याली जिल्ला प्रशासन कार्यालय पुगेको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*