Home / Feature Breaking news / पत्रकार महासंघद्वारा सदस्यहरुलाई स्वेच्छिक रुपमा सदस्यता त्याग्न अपील

पत्रकार महासंघद्वारा सदस्यहरुलाई स्वेच्छिक रुपमा सदस्यता त्याग्न अपील

घोराही, १३ जेठ
नेपाल पत्रकार महासंघ दाङले निस्क्रिय सदस्यहरुलाई स्वेच्छिक रुपमा सदस्यता त्याग गर्न अपील गरेको छ । महासंघ दाङले शनिवार एक विज्ञप्ती निकालेर निस्क्रिय सदस्यहरुलाई स्वेच्छिक रुपमा सदस्यता त्याग गर्न अपील गरेको हो ।

‘नेपाल पत्रकार महासंघको केन्द्रीय समितिले निर्धारण गरेको ‘पत्रकारिता शुद्धिकरण मापदण्ड– २०७९’ अनुसार दाङ शाखाबाट सदस्यता प्राप्त गरि विभिन्न समयमा पत्रकारितामा योगदान गरेका तथा अहिले अन्य पेशामा रही वा निस्क्रिय भई सदस्यता नविकरण गर्न नपर्ने अवश्थाका सदस्यहरुलाई यही मिति २०८० जेठ १७ गतेभित्र स्वेच्छिक सदस्यता त्याग गरि सदस्यता शुद्धिकरण अभियानमा सहयोग गर्नुहुन हार्दिक अपील गर्दछौ । सदस्यता स्वेच्छिक त्याग गर्ने सदस्यहरुलाई महासंघल विशेष सम्मान गर्ने जानकारी गराउँदछौ ।’ महासंघ दाङ शाखा सचिव आर.के.शीतलद्वारा जारी अपीलमा भनिएको छ–‘सदस्यता नविकरण गर्न योग्यता पुग्ने सदस्यहरुले तीन बर्षदेखी पत्रकारितामा क्रियाशील रहेको प्रमाण खुल्ने प्रकाशीत÷प्रशारित समाचार सामाग्रीको प्रतिलिपी, महासंघको परिचयपत्रको फोटोकपी, कार्यरत संस्थाको परिचयपत्र र नियुक्तीपत्र, ३ वटा पासपोर्ट साईजको फोटोसहित यही मिति २०८० जेठ १७ गतेभित्र महासंघ दाङ शाखामा निवेदन पेश गर्न अनुरोध छ । साथै नविकरण गरिसकेका सदस्यहरुले पनि माथी उल्लेखित कागजातहरु सहित निर्धारित मितिमा निवेदन पेश गर्न अनुरोध छ ।’

सदस्यता परित्याग र नविकरणको फाराम नेपाल पत्रकार महासंघ दाङको कार्यालय वा महासंघ दाङ शाखाको वेवसाइट मा उपलब्ध भएको विज्ञप्तीमा उल्लेख छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*