Home / Feature Breaking news / दाङमा राष्ट्रियस्तरको अभिनय प्रतियोगिता हुने

दाङमा राष्ट्रियस्तरको अभिनय प्रतियोगिता हुने

तुलसीपुर, १२ जेठ । दाङमा राष्ट्रिय स्तरको अभिनय प्रतियोगिता हुने भएको छ । प्रतियोगितामा १८ वर्ष मुनिका बालबालिका सहभागी हुन सक्ने छन् । बालकलाकार उत्पादन तथा चलचित्र प्रवर्द्धनका लागि कार्यक्रमको आयोजना गरिएको चलचित्र पत्रकार संघ दाङका अध्यक्ष सन्तोष केसीले जानकारी दिनुभयो ।

आगामी जेठ २० गते घोराहीमा पहिलो अडिसन हुने भएको छ । अडिसनबाट १० जना छनोट गरि प्रथम राष्ट्रिय बाल चलचित्र महोत्सवमा आफ्नो प्रस्तुति दिने छ्न । अभिनय प्रतियोगिता प्रथम, द्वितीय र तृतीय हुनेलाई नगत सहित पुरस्कार दिईने छ । कार्यक्रम चलचित्र विकास बोर्डको आयोजना तथा चलचित्र पत्रकार संघ दाङको सहकार्यमा कार्यक्रम हुने भएको हो । उक्त कार्यक्रम सफल पार्नका लागि सङ्घका सदस्य झग्गु भण्डारी संयोजक रहने गरि ३ सदस्य समिती गठन गरीएको छ । जसको सदस्यमा भुपेश ओली र आशिष के सी रहनुभएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*