Home / Feature Breaking news / १११ ट्याब्लेट ट्रमाजोलसहित मेडिकल सञ्चालक प्रहरी नियन्त्रणमा

१११ ट्याब्लेट ट्रमाजोलसहित मेडिकल सञ्चालक प्रहरी नियन्त्रणमा

दाङ,११ साउन । लागुऔषधका रुपमा प्रयोग हुने १११ वटा ट्याब्लेट ट्रमाजोलसहित प्रहरीले एक जना मेडिकल सञ्चालकलाई पक्राउ गरेकाके छ। पश्चिम दाङको बबई गाउँपालिकामा रहेको जनसेवा हेल्थ क्लिनिक एण्ड प्रतिक्षा मेडिकल हलका सञ्चालकलाई पक्राउ गरेको हो।

एकजना सेवाग्राहीसँग कारोबार गरिरहेको अबस्थामा मेडिकल सञ्चालक तुलसीपुर निबासी ५४ बर्षीय कुशलराम केसीलाई प्रहरीले नियन्त्रणमा लिएको हो। इलाका प्रहरी कार्यालय खिलतपुरका प्रहरी प्रमुख प्रहरी निरीक्षक मोलनबिक्रम केसीको नेतृत्वको टोलीले उनलाई नियन्त्रणमा लिएको ५ नम्वर प्रदेश प्रहरी कार्यालय तुलसीपुरले जानकारी दिएको छ।

तुलसीपुर–६ निबासी केसीले बितेको १० बर्षदेखि हापुरे बजारमा मेडिकल सञ्चालन गर्दै आएका थिए। बिशेष सुराकीका आधारमा प्रहरीले मेडिकलमा छापा मारी ट्रमाजोल ट्याब्लेट मराबद गरेको हो।

पछिल्लो समयमा बबइको हापुरे क्षेत्रमा लागुऔषधको कारोबार बढेको स्थानीयले बताएका छन्। मेडिकल औषधी तथा गाँजा, अफिम, सुगरको समेत कारोबार हुने गरेको स्थानीयले बताएका छन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*