Home / Feature Breaking news / सर्वाेदयको सुविधा सम्पन्न भवन

सर्वाेदयको सुविधा सम्पन्न भवन

दाङ,९ साउन । सर्वाेदय पुस्तकालय तथा बाचनालयको सुविधा सम्पन्न भवन निर्माण भएको छ । ५ नम्वर प्रदेश सरकारको करिव ८० लाख बढिको लागतमा दुई तहले सुविधा सम्पन्न पुस्तकालयको भवन निर्माण भएको हो ।

निर्माण भएको पुस्ताकालयको भवन शुक्रवार एक कार्यक्रमको आयोजना गरि सहरी विकास तथा भवन कार्यालय दाङले सर्वोदलय पुस्तकालय तथा बाचनालयलाई हस्तान्तरण गरेको छ ।

सर्वाेदलय पुस्ताकालय तथा बाचनालय समितिका अध्यक्ष सुशील गौतमको अध्यक्षता तथा पे्रस काउन्सील नेपालका पूर्व अध्यक्ष तथा बरिष्ठ पत्रकार नारायणप्रसाद शर्माको प्रमु्ख आतिथ्यता एव सहरी विकास तथा भवन कार्यालय दाङका प्रमुख अनन्तकुमार देवको विशिष्ट आतिथ्यतामा भएको हो । त्यस अवसरमा बोल्ने बक्ताहरुले भवन निर्माणसँगै भवन पुस्तकालयमा अध्ययन गर्न आउनेलाई सहजता हुने बताएका थिए ।

कार्यक्रममा सम्झौता अवधिमै पुस्तकालय तथा बाचनालयको भवन निर्माण गर्ने निर्माण कम्पनी रुपारानी निर्माण सेवा प्रालिका प्रोपाईटर बिनोद शाहलाई सम्मान गरिएको थियो । उनलाई कदरपत्र र दोसल्ला ओढाएर सम्मान गरिएको हो ।

२०१० सालमा स्थापना भएको सर्वोदय पुस्तकालय तथा बाचनालयलाई स्व. टेकनाथ गौतमले जग्गा उपलव्ध गराएका थिए । २०१६ सालमा निर्माण गरिएको पुस्ताकालय भवन पुरानोसँगै जीर्ण बनेपछि प्रदेश सरकारको आर्थिक सहयोगमा दुई तले सुविधासम्पन्न भवन निर्माण गरिएको हो । भवन हस्तान्तरण कार्यक्रमको सहजीकरण सचिव सुदीप गौतमले गरेका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*