Home / समाचार / अटो दुर्घटनाका घाइतेको पालिका अध्यक्ष पौडेलद्धारा उद्धार

अटो दुर्घटनाका घाइतेको पालिका अध्यक्ष पौडेलद्धारा उद्धार

अटो दुर्घटनाका घाइतेको पालिका अध्यक्ष पौडेलद्धारा उद्धार

प्रेमबहादुर राम्जा मगर

घोराही,१०, मंसिर । अटो दुर्घटनामा घाइते भएका चार जनाको बबई गाउँपालिका अध्यक्ष भुबनेश्वर पौडेलले उद्धार गर्नुभएको छ । घोराही जाने क्रममा पालिका अध्यक्ष पौडेलले तुलसीपुरको कुमलगडीबाट उद्धार गर्नुभएको हो ।

उनीहरुको तुलसीपुरको राप्ती प्रादेशिक अस्पतालमा उपचार भइरहेको छ । कुमलगडीमा अनियन्त्रित भएर दुर्घटना हुदा चार जना घाइते भएका छन् । प्रहरीका अनुसार घाइते हुनेहरुमा बाँकेको कोहलपुर नगरपालिका २ फरेलाका रहेका छन् ।

ईलाका प्रहरी कार्यालय तुलसीपुरले दिएको जानकारी अनुसार बाँकेको कोहलपुर २ फरेला निबासी ३८ बर्षीय झकी कनौ मगर, १० बर्षका उमेश वली, ७ बर्षका सञ्जय कनौ मगर र गणेश थापा रहनुभएको छ । भे १ ह ३५४७ नम्बरको अटो दुर्घटनामा परेको हो ।

घाइते अबस्थामा रहेका उनीहरुलाई बबई गाउँपालिकाको गाडीमा राखेर तुलसीपुरसम्म लगीएको थियो । उनीहरुको उपचार जारी रहेको प्रहरीले जनाएको छ । घाइतेमध्ये झकी कनौ मगर गम्भीर रहेको जनाइएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*