Home / समाचार / पत्रकारिता तथा उदघोषण तालिम शुरु

पत्रकारिता तथा उदघोषण तालिम शुरु

दाङ,२५ जेठ । घोराही उपमहानगरपालिका वडा नम्बर ८ को आयोजनामा आधारभुत पत्रकारिता एवं उद्घोषण तालिम शुक्रवारदेखि दुन्द्रामा सुरू भएको छ । वडा अध्यक्ष चन्द्रप्रसाद चौधरीको अध्यक्षता एवं नेपाल पत्रकार महासंघका सल्लाहकार सुदीप गौतमको प्रमुख आतिथ्य तथा नेपाल पत्रकार महासंघका सचिव भुपेन्द्र वली र घोराही उपमहानगरपालिकाका सामाजिक विकास अधिकृत बालकृष्ण खनालको विशिष्ठ आतिथ्यमा तालिमको उद्घाटन गरिएको छ ।

कार्यक्रममा बोल्ने वक्ताहरूले ग्रामीण स्तरमा पत्रकार उत्पादन गर्नकालागि स्थानीय तहले ध्यान दिनुपर्ने बताएका थिए । वडा सदस्य लीला बुढाथोकीको स्वागत मन्तव्यबाट सुरू भएको कार्यक्रममा वडा सदस्यहरू बलबहादुर बुढाथोकी (प्रताप), प्रकाश खड्का, मुक्ता वादी र आधारभुत विद्दालय दुन्द्राका विद्यालय व्यवस्थापन समितिका अध्यक्ष रेशमबहादुर बस्नेतले शुभकामना मन्तव्य गरेका थिए । तालिमको प्रशिक्षकमा पत्रकारहरू सन्तोष सुवेदी,बसुन्धरा गौतमलगाएतका रहेका छन । तालिममा २६ जना प्रशिक्षार्थीको सहभागिता रहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*