Home / Feature Breaking news / साफ च्याम्पियनसिपका लागि नेपाली टिम घोषणा

साफ च्याम्पियनसिपका लागि नेपाली टिम घोषणा

काठमाडौं, १० असोज । माल्दिभ्समा हुने साफ च्याम्पियनसिप फुटबल प्रतियोगिताका लागि नेपाली टिमको घोषणा गरिएको छ ।

आगामी आगामी अक्टोबर १ देखि १६ (असोज १५ देखि ३० गते) सम्म हुने साफ च्याम्पियनसिपका लागि मुख्य प्रशिक्षक अब्दुल्लाह अलमुताइरीले आइतबार २३ सदस्यीय टिम घोषणा गरेका हुन् ।

साफको तयारीका लागि हाल कतारमा रहेको २५ जनाको टोलीबाट गोलकिपर विकेश कुथु र डिफेन्डर राजन गुरुङ भने टिममा परेनन् ।

हाल नेपाली राष्ट्रिय फुटबल टिम बन्द प्रशिक्षणका लागि कतारमा छ । टोली उतैबाट माल्दिभ्स जानेछ ।

साफको तयारीस्वरुप नेपालले आइतबार कतारमा ओमानसँग मैत्रीपूर्ण खेल खेल्दैछ ।

यस्तो छ २३ सदस्यीय नेपाली टिम

किरण चेम्जोङ (गोलरक्षक), दीप कार्की (गोलरक्षक), विशाल श्रेष्ठ (गोलरक्षक), आशिष लामा, अनन्त तामाङ, अन्जन विष्ट, आयुष घलान, विशाल राई, दिनेश राजवंशी, गौतम श्रेष्ठ, कमल थापा, मनिष डाँगी, नवयुग श्रेष्ठ, नितिन थापा, पुजन उपरकोटी, रोहित चन्द, सन्तोष तामाङ, सुजल श्रेष्ठ, सुमन अर्याल, सुमन लामा, सुनिल बल, सुरजज्यु ठकुरी र तेज तामाङ

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*