Home / Feature Breaking news / घोराही सांस्कृतिक कार्यक्रम आज उद्घाटन हुँदै, चर्चीत कलाकारहरुको प्रस्तुति हुने

घोराही सांस्कृतिक कार्यक्रम आज उद्घाटन हुँदै, चर्चीत कलाकारहरुको प्रस्तुति हुने

घोराही, ९ चैत

अनाथ बालबालिकाकोसहयोगार्थ घोराहीमा आयोजना गरिएको बृहत सांस्कृतिक कार्यक्रम आजदेखी सुरु हुँदै छ ।

डि टेन नेपाल ईन्टरटेनमेन्ट मिडिया प्रा.लिले आयोजना गरेको ‘घोराही बृहत सांस्कृतिक कार्यक्रम–२०७९ को विहीवार आज एक औपचारिक कार्यक्रमको बिचमा उद्घाटन गरिने भएको छ । दिउसो २ बजे एक कार्यक्रमको आयोजना गरि कार्यक्रमको उद्घाटन गरिने आयोजक समितिले जानकारी दिएको छ ।

कार्यक्रमको पहिलो उद्घाटनको दिन नेपाली सांगितिक क्षेत्रका गायक उर्गेन डोङ लगायतका कलाकारहरुको प्रस्तुति रहने छ । युवाहरुमाझ लोकप्रीय गायक डोङका ‘हाम्रो यो माया कहिले नछ्टोस्, टाढा भए पनि मेरो माया डाढा छ नि, चञ्चले माया से जिस्काईना, मेरो माया अमर छ’ लगायत दर्जनौ गीतहरु चचीत छन् ।

विहीवार पहिलो दिन कलाकारहरु गोकुल न्यौपाने, शान्तराम सेञ्चुरी लगायतका कालकारहरुको प्रस्तुति रहने सांस्कृतिक संयोजक कमल विष्टले जानकारी दिनुभयो ।

कार्यक्रममा नेपाली चलचित्र क्षेत्रका नायक पल शाहलाई चैत ११ गते भव्य स्वागत गरिने भएको छ । नेपाली सांगितिक क्षेत्रका चर्चीत एवं लोकप्रीय गायक प्रमोद खरेल, नेपाली लोकदोहोरी क्षेत्रका चर्चित गायक पशुपति शर्मा लगायतका ख्यातिप्राप्त कलाकारहरुको प्रस्तुति रहने आयोजकले जानकारी दिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*