Home / Feature Breaking news / सुर्य चिन्ह दावी गर्ने प्रचण्डलाई अधिकार छैनः नेता बस्नेत

सुर्य चिन्ह दावी गर्ने प्रचण्डलाई अधिकार छैनः नेता बस्नेत

दाङ १६ पुस । नेकपाका केन्द्रीय सदस्य तथा पुर्व मन्त्री महेश बस्नेतले (प्रचण्ड –माधव नेपाल) समुहलाई सुर्य चिन्ह दावि गर्ने नैतिकता नभएको बताएका छन् ।

‘विगतमा प्रचण्डले आफु र छोरीलाई चुनाव जिताउन सुर्य चिन्ह च्याते, टोके, त्यस्तो व्यक्तिलाई सुर्य चिन्ह दावि गर्ने नैतिकता छैन’ युवा संघ दाङले विहीवार घोराहीमा गरेको युवा भेला तथा प्रशिक्षण कार्यक्रमलाई संवोधन गर्दै नेता बस्नेतले भने ‘ सूर्य चिन्ह हाम्रो हो, बाघको छालामा स्यालको रजाई यहाँ चल्दैन ।’

उनले देशभरका पार्टी कार्यालयहरु आफुहरुको भएको दावि समेत गरे । ‘सुर्य चिन्ह, जवज, मदन भण्डारी र देशभरका पार्टी कार्यालय हाम्रा हुन’ पुर्व मन्त्री बस्नेतले भने ‘ यसको कुनै दुविधा छैन ।’ सुर्य चिन्हको माला लगाएर निर्वाचनमा आयोग र बल्खु जाँदैमा उनले सुर्य चिन्ह नपाउने समेत वताए । उनले प्रचण्ड सच्चिएर आएमा छलफल गर्न सकिने समेत वताए ।

‘प्रचण्ड सच्चिएर आएमा छलफल गर्न सकिन्छ’ उनले भने ‘ तर अहिलेको अवस्थामा उनिसँग छलफल गर्न सकिदैन ।’ सरकारले नयाँ जनादेशको लागि चुनाव घोषणा गरेको र अव चुनावहुनेमा कुनै दुविधा नभएको समेत वताए । ‘निर्वाचन आयोग चुनाव गराउन तयार छ ।

सुरक्षा निकाय सुरक्षाको वातावरण दिने तयार भएका छन’ उनले भने ‘ अव यहाँ चुनाव हुदैन भनेर कराउने जनताको माझमा जान डराउनेहरु मात्र हुन ।’ उनले प्रधानमन्त्री केपी शर्मा ओलीले गरेको संसद विगठन गरेर चुनावमा जाने गरेको निर्णय कानुनी रुपमा ठिक भएको दावि समेत गरे ।

त्यसैगरेर कार्यक्रममा नेकपाका केन्द्रीय सदस्य शान्ता चौधरीले प्रचण्ड माधव समुहसँग चुनावमा जानको लागि कुनै ऐजेण्डा नभएको वताइन । ‘ हामीसँग विकास निर्माणदेखि अन्य धेरै ऐजेण्डा छन । ति एजेण्डा लगेर हामी जनताका माझमा जाने छौ’ उनले भनिन ‘ तर उनिहरुसँग कुनै ऐजेण्डा नै छैन, त्यो भएर चुनावदेखि भाग्न खोजेका छन् ।’

प्रचण्ड माधव सममुहले पार्टी भत्काएको समेत उनको आरोप छ । ‘ आफनो घर भत्काएर सडकमा जानुको कुनै अर्थ हुदैन । जनताले भोली सजाए दिने छन’ उनले भनिन ‘ त्यो भएर चुनावसँग डराएका छन् ।’ युवा संघ दाङका अध्यक्ष देवु बस्नेतको अध्यक्षतामा भएको कार्यक्रममा नेकपाका केन्द्रीय सदस्य छविलाल ओली, रेवतीरमण शर्मा र घनश्याम पाण्डेले सरकारले निर्वाचन घोषणा गरिसकेकोले अव चुनावको विकल्प नभएको वताए ।

उनले सरकारले गरेका काम जनताको विचमा लगेर जानु पर्ने बताए । ‘सरकारले धेरै राम्रा काम गरेको छ’ नेताहरुले भने ति‘ एजेण्डा लगेर अव जनताको माझमा जानु पर्छ ।’ युवा संघका केन्द्रीय सदस्य माधव वलीको स्वागत मनतव्यवाट शुरु भएको कार्यक्रममा नेकपा दाङका कार्यदल सदस्य हुकुक बस्नेत, युवा संघका केन्द्रीय सदस्य वचन सिंह र नेकपा दाङका सचिवालय सदस्य मनोरह बुढाथोकी लगायतले भेलालाई संवोधन गरेका थिए ।

कार्यक्रमको सहजिकरण युवा संघका नेता केशवकुमार आचार्यले गरेका थिए । भेला पुर्व युवाहरुको ठुलो समुहले प्रधानमन्त्री तथा पार्टी अध्यक्ष केपी ओली पक्षमा प्रर्दशन गरेका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*