Home / Feature Breaking news / सामाजिक विकासमा महिला र युवाहरुको सहभागिता : योगी

सामाजिक विकासमा महिला र युवाहरुको सहभागिता : योगी

नेपाल महिला सामुदायिक सेवा केन्द्र वि.स २०५० सालमा स्थापना भएको एक सामाजिक संस्था हो । महिला तथा बालबालिकाको सामाजिक विकास तथा आर्थिक विकास, दिगो शान्ति स्थापनाका लागी सामुदायिक जागरण, वालिका शिक्षा अभियान, मानव अधिकार संरक्षण तथा प्रवद्र्धन अभियान, द्धन्द्ध प्रभावित क्षेत्र तथा समुदायको पुनःनिर्माण तथा पुर्नस्थापनामा सहयोग, वातावरण÷पर्यावरण संरक्षण तथा विपद व्यवस्थापन, दीगो शान्ति स्थापना, लघुवित्त कार्यक्रम, सहकारी मार्फत सामुदायिक विकास, उद्यम विकास कार्यक्रम मार्फत महिला र युवाहरुमा स्वरोजगार निमार्ण गर्दै आएको संस्थाले ३१ बर्ष पुरा गरेको छ । नेपाल महिला सामुदायिक सेवा केन्द्र दाङका संस्थापक अध्यक्ष बिमला योगीसँगको कुराकानी :

नेपाल महिला सामुदायिक सेवा केन्द्र दाङ करीव तीन दशक पुरा भैसकेको छ । तपाईले गरेको योगदानप्रति तपाईलाई कत्तिको सन्तुष्टिकोे अनुभुति भएको छ ?

सबैभन्दा त धेरै धेरै धन्यवाद यो अवसरकालागी । वि.स २०५० सालमा महिलाहरुको सामाजिक सचेतिकरण सशक्तिकरण तथा आर्थिक स्वावलम्वन गर्ने परिकल्पना लिएर स्थापना भएको हो । हामी सिमीत श्रोतबाट समुदायको आवश्यकता, पिडा अभावमा जोडिएका छौ । सक्ने प्रयास गरेका छौ । हामी श्रोतको अभावमा विद्यालयसम्म जोड्न पाउदा बालबालिकाको मुहारमा आएको हाँसो र सफल उद्यमी महिला र मानसिक पिडाबाट छटपटाएको व्यक्तिलाई सामाजिक न्याय र शान्ति दिलाउँदा प्राप्त हुने आत्मसन्तुष्टि पाएका छौ ।

तपाईहरुको संस्थाले यो तीन दशकको अवधिमा सञ्चालन गरेका कार्यक्रमका विषयमा केही जानकारी गराइदिनुस् न ?

यस संस्थाले बालिका शिक्षा र रोजगारकोलागी २०५० देखी नै बालिका शिक्षा अभियान सञ्चालन गरेका छौ । सहकारिताको माध्यमद्वारा वित्तिय साक्षरता व्यवसायिक सीप श्रोतको माध्यमद्धारा महिला र युवाहरुलाई उद्यमशिलता विकास कार्यक्रम, महिलाहरुलाई नेपालको संविधानबाट प्रदत्त मा प्राप्त हक अधिकारको पक्षमा कानुनी साक्षरता, पौढ साक्षरता, बाल अधिकार, महिला अधिकार, बालबालिकाहरुकोलागी पौष्ट्रिक आधार, महिलाहरुकोलागी प्रजनन् स्वास्थ्य तथा मानसिक स्वास्थ्य परामर्श, वन वातावरण पर्यावरणको क्षेत्र लगायत द्धन्दपीडित थथा प्रभावित, विस्थापीत परिवारकोलागी आवश्यक शिक्षा, स्वास्थ्य, रोजगार, न्यायमा पहुँच, सरकारी पक्षसँग उनीहरुको सेवा र कानुनी न्यायका पक्षमा समन्वय र शान्ति स्थापनाका क्षेत्रमा काम ग¥यौ ।

३१ बर्ष अगाडी क्याम्पस पढ्दै गरेका दिदिबहिनीहरु मिलेर तपाइले नेतृतव गरेको यो संस्थाले महिलाहरुको सशक्तिकरणकालागी के कस्ता काम गर्दै आउनुभएको छ ?

बिशेषतहः महिलाहरुको नेतृत्व विकासकालागी प्रशिक्षण, टोल–टोल, गाउ–गाउमा महिला बचत समूह गठन गर्दै महिलाहरुलाई आयआर्जन कार्यमा संलग्न गराउन व्यवसायिक तालिम प्रदान, राज्यका विभिन्न तहमा, सामुदायिक वन, उपभोक्ता समिति, विद्यालय व्यवस्थापन समितिमा प्रतिनिधित्व गराउन, महिलाहरुको क्षमता अभिवृद्धि गरेका छौ । जसको फलस्वरुप स्थानीय तहका उपमेयर, उपाध्यक्ष, वडाअध्यक्ष, वडा सदस्यहरु । बिशेषतः दलित महिला सदस्यहरुमध्य ७० प्रतिशत उमेद्वारहरु संघसंस्थाद्वारा प्रशिक्षित महिला एवं युवाहरु निर्वाचनमा सफल हुनुभयो । तिनै तहका संसदमा समेत महिलाहरुको प्रतिनिधित्व भएको छ । नेपाल महिला सामुदायिक सेवा केन्द्रले महिला सशक्तिकरणकालागि काम गर्दै गर्दा ग्रामीण भेगका महिलाहरुमा समेत सशक्तिकरणको काम गरिरहेका छौ । महिलाहरुको मानसिक तथा प्रजनन् स्वास्थ्यको क्षेत्रमा काम गरिरहेका छौ भने व्यवसायिक तालिममार्फत उद्यमशीलतामा जोडेर आयआर्जनमा जोडिरहेका छौ ।

तपाइको संस्थाको पछिल्लो अभियान दिगो शान्ति स्थापनाका लागी सामुदायिक जागरणले द्धन्द्ध पिडित महिलाहरुको सवलीकरणमा कत्तिको प्रभाव परेको अनुभुति गर्नुभएको छ ?

द्वन्दपीडित महिलाहरुसँग प्रत्यक्ष काम गरिरहेका छौ । सशस्त्र द्वन्दको समयमा विभिन्न पीडा भोगेका महिलाहरु हामीसँग हुनुहुन्छ । सशस्त्र द्वन्दको समयमा प्रत्यक्ष यौनजन्य हिंसा भागेका महिलाहरु, सशस्त्र द्वन्दका कारण भएको पीडा, अभाव, चोटले छटपटाएका आमाहरु, घरपरिवार, सन्तान, अभिभावक गुमाएका असहाय एवं टुहुरा बालबालिकाको शिक्षा, सहारा, उहाँहरुको मानसिक पीडामा जोडिएर यस संस्था साथी बन्यौ । जिल्लामा शान्ति समितिको सदस्य बनेर संस्थाले राज्यको सेवा सुविधा, कानुनी अवश्थाबारे हामीले जानकारी गरायौ । उहाँहरु मध्यलाई नै महिला शान्ति पहलकर्ता बनाएर समुहगत रुपमा पीस सर्कलको माध्यमबाट समस्या सुन्ने, त्यसलाई सम्बोधन गर्न संस्थाले पहल गर्ने । द्वन्दपीडित समुदाय र सरकार पक्षलाई जोड्नकालागी शान्ति संवाद लगायत कार्यक्रमहरु गरेर पहल गर्ने काम गरिरहेका छौ । सेवा प्राप्त गरेका युवा महिलाहरु गाउँपालिकाको कार्यपालिकाहरुमा समेत प्रतिनिधित्व गरेर निति निर्माण तहमा पुग्नुभएको छ । हामीसँग जोडीएका द्वन्दपीडित समुदायहरु तत्कालिन राज्य र विद्रोही पक्ष दुबै पक्षसँग नरकात्मक हुनुहुन्न । बरु मनोसामाजिक मनोविमर्श सेवा पाएर साकारात्मक सोचको विकास भएको छ । उहाँहरु आफै मनोविमर्शकर्ता बनेर समाजमा सेवा गरिरहनुभएको छ । समाजमा हुने समग्र विभेद, असमानता, घर झगडामा समेत परामर्श सेवा दिएर दिगो शान्तिकोलागी आफै लागिपर्नुभएको छ । उहाँहरुको आफै दिगो शान्तिकालागी लाग्नु यस संस्था र समग्र समाजकालागी अतुलनिय उपलब्धी हो ।

बालबालिका शिक्षा र विद्यालय सुधार कार्यक्रमलाई पनि तपाइहरुले अभियानकै रुपमा कार्यक्रम सन्चालन गर्नु भो, यसबाट कति वालिका लाभान्वित भएर स्वरोजगार बने ?

हाम्रो अभियान छोरीको शिक्षा, स्वरोजगार, सुरक्षा र न्यायको पक्षमा हो । हामी बालबालिकाहरुलाई शिक्षा गुणस्तरिय शिक्षा प्राप्त गरुन् । जातिय विभेद छुवाछुतको पिडा नहोस् । स्कूल छाड्ने अवश्था नहोस् । यस संस्थाले विद्यालयमा शिक्षक, स्वास्थ्यकर्मीहरुलाई समेत मानसिक स्वास्थ्य सम्बन्धी तालिम दिन्छौ । सामुदायिक विद्यालयहरुमा बालबालिकाकोलागी आवश्यक कक्षाकोठा, शुद्ध खानेपानी, सोलार, पोशाक, कापी कलम, विद्यालय भर्ना, परिक्षा शुल्ककोलागी विद्यालय जान आधारभुत आवश्यकता परिपूर्ति गर्दछौ । संस्था स्थापना भएदेखी हामीले पूर्ण र आंशीक छात्रवृत्ति ३ हजार ५ सय बढि बालबालिकाहरुले प्राप्त गरेका छन् । सयौँ नानीहरु शिक्षाकालागी छात्रवृत्तिमा विभिन्न देशहरुमा अध्ययनकालागी गएका छन् । हाम्रो संस्थामा कार्यक्रमहरुमा सयौँ नानीहरु रोजगारीमा छन् ।

तपाईको संस्थाको अर्को पछिल्लो अभियान द्वन्दपिडित महिलाहरुलाइ मानसिक स्वास्थ्य एवं मनोविमर्शको कार्यक्रम पनि थाल्नुभएको छ । यसले द्धन्द्धको घाउमा मलम लागेको अनुभुति हुन्छ, तपाइलाइ ?

यो कार्यक्रम द्वन्दपीडित मपहिलाहरुमालागी जिवनदायीनी बनेको छ । वर्तमान अवश्थामा नेपालकै परिप्रेक्षमा लुम्बिनी प्रदेशमा आत्महत्या घटनाहरु बढेर गएका छन् । प्रहरीको तथ्यांकलाईमात्र हेर्ने हो भने लुम्बिनी प्रदेशमा एक बर्षमा हजार बढि र दाङ जिल्लामा मात्र एक बर्षमा २ सय बढिको मृत्यु भईरहेको छ । जसमा संख्यात्मक रुपमा युवाहरुको संख्या धेरै छ । आत्महत्याको घटना भएको परिवारलाई समाजले दोषी बनाउदा श्रीमानले आत्महत्या गरे श्रीमतीलाई, श्रीमतीले गरे श्रीमानलाई दोषी बनाउदछन् । तर परिवार, समुदाय र विद्यालयमा शिक्षकले विद्यार्थीको, कार्यालयमा आफ्नो सहकर्मीहरुको मानसिक स्वास्थ्यमा आएको फरक परिवर्तन बुझ्न नसक्दा युवा जिवनको क्षति भएको छ । परिवार, विद्यालय, कार्यालयमा प्रमुख र परिवारले भोगेका पीडा, मुद्धा, अपमान धेरै छ । अब यो घटाउन यस संस्थाले स्थानीय एफ.एम रेडियो, स्थानीय पत्रपत्रिका, सामाजिक सञ्जाल मार्फत मानसिक स्वास्थ्य र परामर्श सेवा शुरु गर्दैछौ । यसो भएमा द्धन्दपिडितहरुकालागी मात्र नभएर आम नागरिक आफ्नो र परिवारको सदस्यको जिवन जोगाउन धेरै ठुलो महत्व रहनेछ । मानवको स्वास्थ जिवनबाट मात्र उसले परिवार, समाज र राष्ट्रमा अर्थपूर्ण योगदान दिन सक्दछ । समाज र परिवारमा शान्ति स्थापना दिगो हुनेछन् । हामीले संयुक्त राष्ट्र संघ सुरक्षा परिषद् १३२५ र १८२० का सम्बन्धमा महिला शान्ति र सुरक्षा सम्बन्धी दोस्रो राष्ट्रिय कार्ययोजनाको सम्बन्धमा पनि हामीले विभिन्न कार्यक्रमहरु सञ्चालन गरिरहेका छौ ।

स्थानीय उत्पादनको बजारिकरणकालागी थालेको हरीयो बजारको प्रगति समिक्षाका विषयमा केहि जानकारी गराइदिनुस् न ?

समूह, सहकारी, लघुवित्त र समाजमा महिलाहरुले उत्पादन गरेको वस्तुलाई बजारिकरण गर्ने, मुल्य अभिवृद्धि श्रृखला र खाद्य सुरक्षाकोलागी थालिएको सकारात्मक प्रयास हो । हामी व्यवसायमा जोड्यौ । सरकार तथा संघसंस्थाहरुले पनि व्यवसायमा लाग्न प्रोत्साहन त ग¥यौ तर बजारिकरणमा ध्यान दिन सकेनौ । त्यसैले स्थानीय किसानले उत्पादन गरेको वस्तुको बजारिकरण गर्ने उद्धेश्य हरियो बजारको हो । हरियो बजार, यस्ता संस्था सञ्चालन गर्न राज्य पक्ष, स्थानीय सरकारको सहयोग र प्रोत्साहनको आवश्यकता पर्दछ । सुरुवात १०औँ बर्ष भईसक्दा समेत व्यक्तिगत व्यवसाय जस्तो बैंक, वित्तिय संस्थाको ऋणले आर्थिक रुपमा अबल बनाउन एकदमै कठिन छ । तापनि स्थानीय खाद्य वस्तु प्रशोधन गरि सातु, मह, डेरी, बेकरीमा वस्तु तयार गरि बजारमा ल्याएका छौ ।

गैरसरकारी संस्था भनेका सरकारका साझेदार संस्था हुन् र सामाजिक अभियानका संस्थाका रुपमा पनि हेर्ने गरीएको छ, तर कतिपय सरकारी अधिकारीहरुले गैरसरकारी संस्थालाइ हेर्ने दृष्टिकोणनै नकारात्मक देखिन्छ, यो तपाइको संस्थालाइ पनि अनुभुति भएको छ ?

हामीले स्थापना भएको ३१ औ बर्ष पार गरेका छौ । सरकारी निकायको सकारात्मक प्रोत्साहन हामीले पाएका छौँ । दाङ जिल्ला लगायत छिमेकी ५ जिल्ला र सरकारी, लघुवित्तले सेवा प्रवाह गरेको देशैभरीबाट समेत स्थानीय सरकारको पनि सकारात्मकता पाएका छौ । तर सरकारी निकायबाट पछाडी पारिएका वर्ग, यौनजन्य क्रियाकलापबाट जोखीममा रहेको घोराही उपमहानगरपलापलिका वडा न. १३ र १५ मा रहेको वादी समुदाय बालबालिकाहरुको शिक्षा, स्वास्थ्य, पोषण सुरक्षाकालागी पहल गर्दा समेत कुनै सहयोग जुटाउन सकेका छैनौ । संस्थाले आन्तरिक बजेटबाट ट्यूशन सेन्टर, महिलाहरुलाई उत्पादनमा जोड्ने, कटाईसिलाई तालिम सञ्चालन गरिरहेको छ । हामी हाम्रो प्रयास सामुदायिक विकासमा लगेका छौ ।

गैर सरकारी संस्थालाई त निश्चित समयका परीयोजना हुन्, त्यसपछिको अभियानको अपनत्वसगै जिम्मा पनि स्थानिय सरकारले लिनुपर्ने हो । तर एनजिओहरुले सुरु गरेका अभियान वीचमै हराउने गरेको देखिन्छ नी ?

नेपाल महिला सामुदायिक सेवा केन्द्र सरकारी बजेट, अन्तराष्ट्रिय बजेट ल्याउने उद्धेश्य भन्दा समुदायको विकास, स्थानीय स्रोत प्रयास र ऋण सहयोगबाट गर्दछौ । तसर्थ संस्थाको ८ वटा सामुदायिक विकासको क्षेत्रमा रहेर हरेक कार्यक्रमलाई निरन्तर समुदायको अवश्था सुधार नहुँदासम्म समुदाय र स्थानीय सरकारलाई अस्तान्तरण गर्ने गरेका छौ । स्थानीय तहले पनि हामीले गरेका सकारात्मक कार्यहरुलाई निरन्तरता दिएको छ ।

अन्त्यमा तपाइहरुले आगामि दिनमा सुरु गर्न चाहेका वा संझौता समेत भएका केहि कार्यक्रम छन् की ?

हामी आन्तरिक श्रोतबाट दाङ जिल्लाका सामुदायिक विद्यालय, कलेजहरुमा Green Club (3 Zero Club) को माध्यमद्वारा युवाहरुलाई स्वदेशमा भविष्य छ, विदेश जानु पर्दैन भन्ने मूल नारामा साथ गरिबी निवारण, रोजगारी श्रृजना र पर्यावरण संरक्षणको अभियानलाई स्वरोजगारीमा जोड्दैछौ । स्थानीय अग्र्यानिक उत्पादनलाई प्रोत्साहन गर्न ग्रीन किचनको माध्यमद्वारा विद्यार्थीहरुले आंशीक रोजगारको वातावरण बनाउदछौ । पोषण र स्वास्थ्य सुधार बालबालिकाको सुरक्षित जिवनआधार सचेतना अभियान अगाडी बढाउदछौ । यसकालागी हामी हाम्रो प्रयास जारी छ । कसैसँग श्रोतमा बाटो खुलेको छ । किशोरीहरुको प्रजनन् स्वास्थ्य सुरक्षाकालागी संस्थाले सञ्चालन गरेको लैंङ्गिक हिंसा पिडितहरुकालागी स्वरोजगार तालिम केन्द्रमार्फत लैंङ्गिक हिंसा पिडितहरुको नेतृत्वमा सेनेटरी प्याड, तैयारी कपडा, पर्यावरण संरक्षणकालागी कपडाको झोला उत्पादन गरि १०० औँ महिलाहरुलाई रोजगारी दिने लक्ष्य राखेका छौ । यो उद्योग सञ्चालनम सहयोग पु¥याउन सहयोगी मनहरुमा अनुरोध गर्दछु ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*