Home / Feature Breaking news / राप्ती गाउँपालिकामा–९ मा माओवादीका मगर बिजयी

राप्ती गाउँपालिकामा–९ मा माओवादीका मगर बिजयी

घोराही, ३१ बैशाख । स्थानीय तह निर्वाचनमा माओवादी केन्द्रले दाङमा खाता खोलेको छ । दाङको राप्ती गाउँपालिका–९ को वडाध्यक्ष पदमा नेकपा माओवादी केन्द्रका रिमबहादुर सुनारी मगर बिजयी हुनुभएको लुम्विनी प्रदेश निर्वाचन कार्यालय दाङले जानकारी दिएको छ ।

उहाँ दोश्रो कार्यकालका लागि पुन : वडा अध्यक्षमा निर्वाचित हुनुभएको हो । राप्ती गाउँपालिकामा माओवादी केन्द्र र राष्ट्रिय जनमोर्चाको गठबन्धन रहेको छ । मगर २०७४ सालको स्थानीय तह निर्वाचनमा पनि वडा अध्यक्षमा बिजयी हुनुभएको थियो ।

शुक्रवार भएको निर्वाचनमा वडामा कुल ७ सय १४ मत खसेको थियो । खसेको मत मध्य माओवादी रिमबहादुरले ३ सय ५८ मत ल्याएर बिजयी हुनुभएको हो । उहाँका प्रतिद्वन्द्वी नेपाली कांग्रेसका उम्मेदवार रमेश सुहानले १ सय ९८ मत ल्याउनुभएको थियो । त्यसैगरी अन्य वडाहरुमा भने अझै मतगणनाको काम हुन सकेको छैन ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*