Home / Feature Breaking news / गोरक्ष रत्ननाथ मन्दिरको गुरुयोजनाका लागि पहल

गोरक्ष रत्ननाथ मन्दिरको गुरुयोजनाका लागि पहल

दाङ,११ साउन । दाङको प्रसिद्ध धार्मिकस्थल गोरक्ष पात्रदेवता सिद्धरत्ननाथ मठको एकिकृत विकासका लागि गुरुयोजना निर्माण गरिने भएको छ । मन्दिरको एकिकृत रुपमा विकास गर्ने गरि गुरुयोजना निर्माण गरिन थालिएको हो ।

गुरुयोजना निर्माणका लागि समिति समेत गठन गरिएको छ । पुरानो गुरु योजना संशोधन गर्ने, गोरक्ष सिद्धरत्ननाथ मठसँग सम्वन्धीत अन्य मठहरुको खोजी गर्ने, मन्दिरको नाममा रहेको जग्गासँगै आम्दानीको श्रोतको पहिचान गर्ने गरि समिति गठन गरिएको हो ।

मन्दिरको विकासका लागि यसअघि गुरुयोजना निर्माण भएपनि त्यो गुरुयोजना प्रयाप्त नभएकाले उक्त गुरुयोजनालाई संशोधन गरेर नयाँ गुरुयोजना निर्माण गरिन थालिएको छ ।

गुरुयोजना निर्माणका लागि गोरक्ष रत्ननाथ मठ चौघेराका सहपिर योगी देवनाथ योगीको संयोजकत्वमा गुरुयोजना निर्माण समिति गठन गरिएको छ । समितिको सदस्यहरुमा प्रा.डा शिवकुमार सुवेदी, डा.गोविन्द आचार्य, प्राध्यापक सुन्दर गौतम,प्रध्यापक भोलानाथ योगी, किशोरचन्द्र गौतम, धनिराम योगी, मन्दिर व्यवस्थापन समितिकातर्फबाट झग्गु चौधरी, स्थानीय कान्तुप्रसाद चौधरी रहेका छन् ।

समितिको पदेन सदस्यका रुपमा गोरक्ष रत्ननाथ मठका पिर सन्तोषनाथ योगी र महानुभाव सुरतनाथ योगी रहेका छन् । समितिको सदस्य सचिवमा पवन योगी रहेका छन् । बैठकले समितिको सल्लाहकारमा प्रदेशसभा सदस्य अमरबहादुर डाँगी, बिमला योगी,चिन्तामणि योगी,निर्मल आचार्यलगायतका रहेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*