Home / समाचार / भ्यालीटप बोडिङ घोराहीद्धारा बाढिपिडीतलाई सहयोग

भ्यालीटप बोडिङ घोराहीद्धारा बाढिपिडीतलाई सहयोग

घोराही, १ भदौ
भ्यालीटप ईङ्लीस बोर्डिङ स्कूल घोराहीले बाढिपिडीतहरुकालागि नगद सहयोग गरेको छ । जिल्लाका बाढिपिडीतहरुकालागि विद्यालयका शिक्षक एवं विद्यार्थीहरुले खाजा खर्च कटाएर जम्मा गरेको ११ हजार १ सय ११ रुपैया सहयोग गरेको विद्यालयका शिक्षक खुमबहादुर के.सीले जानकारी दिनुभयो ।

विद्यालयले दैवि प्रकोप उद्धार समितिको नाममा रहेको नेपाल बैकको खातामा रकम जम्मा गरेको हो । रकम जम्मा गरेको भौचर विद्यालयका प्रीन्सीपल खगेश्वर भण्डारीले प्रमुख जिल्ला अधिकारी गजेन्द्रबहादुर श्रेष्ठलाई प्रदान गर्नुभएको थियो ।

विद्यालयका प्रीन्सीपल भण्डारीले आफूहरुको सानो सहयोगले बाढिपिडीतहरुलाई सहयोग होस् भन्ने उद्धेश्यले सहयोग गरेको बताउनुभयो ।
साथै विद्यालयले अन्य विद्यालयहरुलाई पनि बाढिपिडीतहरुलाई सहयोग गर्न अनुरोध गर्नुभएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*