Home / Feature Breaking news / सुशासन नै पहिलो प्राथमीकताः एसपी सिंह

सुशासन नै पहिलो प्राथमीकताः एसपी सिंह

दाङ, १ भदौ
कानुनभन्दा माथी कोही नहुने भन्दै जिल्ला प्रहरी कार्यालय दाङका प्रमुख दुर्गा सिंहले जिल्लामा सुशासन कायम गर्ने प्रतिवद्धता व्यक्त गर्नुभएको छ ।

जिल्ला प्रहरी कार्यालय दाङमा हालै सरुवा भएर आनुभएका सिंहले आज विहीवार पत्रकारहरुसँगको परिचयात्मक कार्यक्रममा बोल्दै जिल्लालाई शान्तिी सुरक्षामा बजवुद बनाउने भन्दै सहयोग गर्न सम्पूर्ण दंगालीहरुमा अनुरोध गर्नुभएको छ ।

सिंहले सुसासन सहितको कानुनी राज आफ्नो पहिलो प्राथमिकता भएको भनाउनुभयो । जिल्ला प्रहरी कार्यालय दाङ ले एस.पि. धिरज प्रताप सिंहकै पालामा कायम गरेका संगठनिक प्राथमिकतालाई आफ्नो पालामा पनि निरन्तरता दिदै अझै मजवुद बनाएर लैजाने बताउनुभयो ।

गुण्डागर्दि पूर्ण नियन्त्रण, फरार अपराधि पक्राउ, आर्थीक पारदर्शिता एवं निस्पक्षता, कानुनी शासनको प्रत्याभुति एवं मानवअधिकारको सम्मान लगायतका बिषय जिल्ला प्रहरी कार्यालय दाङको प्राथमिकतामा रहेको एसपी सिंहले जानकारी दिनुभयो ।

उहाँले संगठनमा देखीएका समस्या समाधानकालागी लागिपर्ने बताउनुभयो । ‘कुनै पनि प्रहरी ले गलत व्यवहार गरे उ कारबाहिको भागिदार हुन्छ जानकारी दिनुस’ उहाँले भन्नुभयो ।

जिल्लामा हुने अव्यवस्थित यातायात क्षेत्र, नदिजन्य तथा वन पैदावारहरुको गैह्रकानुनी दोहन, संगठित अपराध तथा गुण्डा गर्दी, जुवा तास नियन्त्रण, भ्रस्टाचार जस्ता कुराहरु निर्मुल गरिने नयाँ रणानितिका साथ प्रस्तुत हुनुभएकी सिंहले लैंगीक हिंसा न्युनिकरणका विशेष पहल गरिने बताउनुभयो । ठाडो निवेदन लेख्नका लागि जिल्ला प्रहरी कार्यालयमै व्यवस्था गरिने पनि उहाँले जानकारी दिनुभयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*