Home / Feature Breaking news / घोराहीलाई पाँच बर्षभित्र आधुनिक पूर्वाधार सहितको नगर बनाउने योजना

घोराहीलाई पाँच बर्षभित्र आधुनिक पूर्वाधार सहितको नगर बनाउने योजना

घोराही, ३ भदौ ।
घोराही उपमहानगरपालिकाले घोराहीलाई आधुनिक पूर्वाधार सहितको सुबिधा युक्त संबृद्ध नगरको रुपमा बिकास गर्ने योजना तय गरेको छ ।

उपमहानगरको पहिलो नगरसभामा आज नगर प्रमुख नरुलाल चौधरीले संबृद्धिको मूल आधार बिकास मैत्री पूर्वाधार भएकाले अबको पाँच बर्षमा घोराहीलाई आधुनिक पूर्वाधार सहितको नगर बनाउने निति तथा कार्यक्रम सार्वजनिक गर्नुभएको हो ।

साथै संबृद्ध घोराहीको विकासका लागि सामाजिक, साँस्कृतीक, आर्थिक र भौतीक पूर्वाधारलाई समेटी सहभागिता मूलक बिधीबाट ६ महिना भित्र गुरुयोजना बनाएर कार्यान्वयनमा ल्याईने समेत नगर प्रमुख चौधरीले उल्लेख गर्नुभयो ।
घोराही उपमहानगरलाई संबृद्ध शहरका रुपमा बिकास गर्न अन्तराष्ट्रिय विमान स्थल निर्माण, उपमहानगरीय बाहिरी चक्रपथ निर्माण, खोलाहरुमा उच्च बाँध निर्माण, औद्योगिक क्षेत्र निर्माण, घरबारबिहिन परिवारलाई अपार्टमेन्ट भवन निर्माण गरिने भएको छ ।

त्यस्तै, बैज्ञानिक र प्राबिधीक शिक्षालय, आधुनिक सुबिधायुक्त स्वास्थ्य सेवा, बैज्ञानिक भूमी व्यवस्थापन, पर्यटकिय सम्पदाको बिकास र सूचना प्रविधीको विकास एवं बिस्तारका कार्यक्रमहरु उपमहानगरले सार्वजनिक गरेको छ ।

उपमहानगरले घोराही शहरी क्षेत्र भित्रका सडकहरुलाई कालोपत्रे गर्ने, फुटपाथलाई व्यवस्थित गर्ने, ढल निकास र हरियाली शहर बनाउने कार्यक्रम पनि ल्याएको छ । त्यस्तै घोराही उपमहानगरपालिकाको धर्नामा रहेको साढे ५ सय बिगाह क्षेत्रमा औद्योगिक क्षेत्र स्थापनाको प्रकृयालाई अघि बढाउने भएको छ ।

साथै घोराहीको गुलरीयामा रहेको खेल मैदानलाई प्रदेश स्तरिय खेल मैदानकारुपमा बिकास गर्ने, नगरका हरेक वडामा शिशु स्याहार तथा बाल बिकास केन्द्र सञ्चालन गर्ने, प्रत्येक वडामा कम्तिमा एउटा पर्यटकिय स्थलकारुपमा बिकास गर्ने र एक घर दुई बिरुवा रोप्ने अभियानलाई निरन्तरता दिने जस्ता कार्यक्रमहरु उपमहानगरले सार्वजनिक गरेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*