बाेधराज रेग्मी, पर्वत
आजफेरि डालीका पात रुन थाले ।
एकतमास जूनेली रात रुन थाले ।।
यत्र तत्र सर्वत्र पीडा संसार मा
एक दुई गर्दै सारा जमात रुन थाले
भोको पेट थकित शरीर अनि पीर
श्रम जीवी मौरीका हात रुन थाले
एक्लिएको जीवन, टोलाउदै गर्दा
अचानक विगतका याद रुन थाले
यथाशीघ्र भइदियोस् परिस्थिति सहज
हर क्षणमा दिने ती साथ रुन थाले
RaptiSandesh RaptiSandesh