हापुरे, १२ भदौ
बबई गाउँपालिकाले गाउँपालिकाको समग्र जानकारी दिने गरी पाश्र्वचित्र प्रकाशन गरेको छ ।
पानोरामा रिसर्च सेन्टर अनामनगरको एक बर्षको अध्ययनको सहयोगमा गाउँपालिकाले बस्तुस्थितिसहितको पाश्र्वचित्र प्रकाशन गरेको हो ।
आर्थिक बर्ष २०७४÷०७५ को बजेट मार्फत् पाश्र्वचित्र प्रकाशन गरेको गाउँपालिकाका अध्यक्ष भुबनेश्वर पौडेलले जानकारी दिनुभएको छ । गत आर्थिक बर्षको पाँच लाख बजेट मार्फत् पुस्तक प्रकाशन गरिएको हो ।
गएको साउन महिनादेखि सुरु गरिएको अध्ययनले पाश्र्वचित्र प्रकाशन गरिएको हो । गाउँपालिकाको बस्तुस्थितिका आधारमा आगामी दिनमा कार्यक्रम सञ्चालन गर्न सहज हुने भन्दै पाश्र्वचित्र प्रकाशन गरिएको गाउँपालिकाले जानकाएको छ ।
पाश्र्वचित्रमा गाउँपालिकाको परिचय, जनसंख्याको अबस्था, भु—उपयोग, आर्थिक तथा रोजगारको अबस्था, भौतिक तथा सार्बजनिक सुधारको अबस्था, सामाजिक पुर्बाधार तथा सेवाको अबस्थाका बारेमा अध्ययन गरिएको छ ।
गाउँपालिकामा जनप्रतिनीधि आएपछि यसको अध्ययन सुरु गरेका थिए ।
यस्तै पाश्र्वचित्रमा बन तथा बाताबरण, बिकास सुचांक र गरिबीको स्थिति, अध्ययनका उद्देश्यले पुस्तकले आगामी दिनमा कार्य गर्नका लागि गर्ने सहयोग गाउँपालिकाको बस्तुस्थिति, राजनीतिक बस्तुस्थितिका बारेमा पनि पुस्तकमा उल्लेख गरिएको छ ।
साथै गाउँपालिकाले राष्ट्रिय तथा अन्तर्राष्ट्रिय संघसस्थालाई कार्य गर्न सहज हुने गाँएपालिकाले अपेक्षा गरेको छ ।