Home / Feature Breaking news / रानामगर र यादव उपसभामुखकाे प्रतिस्पर्धामा

रानामगर र यादव उपसभामुखकाे प्रतिस्पर्धामा

प्रतिनिधिसभाको उपसभामुख पदका लागि राष्ट्रिय स्वतन्त्र पार्टी र नेपाली कांग्रेसबाट उम्मेदवारी परेको छ । संघीय संसद् सचिवालयले सार्वजनिक गरेको उम्मेदवारको अन्तिम नामावलीअनुसार रास्वपाकी इन्दिरा रानामगर र कांग्रेसकी मुक्ताकुमारी यादव प्रतिस्पर्धामा छन् ।

५२ वर्षीया रानामगर झापाको अर्जुनधारा निवासी हुन् भने ४५ वर्षीया यादव धनुषाको सहिदनगर नगरपालिकाकी हुन् । उनीहरू दुवैजना समानुपातिक सांसद हुन् ।

रानामगरको प्रस्तावकमा रास्वपाकी सांसद सोविता गौतम र समर्थकहरूमा एमालेका कृष्णगोपाल श्रेष्ठ, माओवादी केन्द्रकी नारायणी शर्मा र राप्रपाका राजेन्द्रप्रसाद लिङ्देन रहेका छन् । यादवलाई कांग्रेसका बद्रीप्रसाद पाण्डेले प्रस्ताव गरेका हुन् भने भने लोसपाका सर्वेन्द्रनाथ शुक्ला र एकीकृत समाजवादीका मेटमणि चौधरीले समर्थन जनाएका छन् ।

उपसभामुखको निर्वाचन माघ ७ गते शनिबार हुँदै छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*