Home / Feature Breaking news / डोल्पामा जीप दुर्घटनामा १० जनाको मृत्यु, २ जनाको जिवितै उद्दार

डोल्पामा जीप दुर्घटनामा १० जनाको मृत्यु, २ जनाको जिवितै उद्दार

डोल्पा,१९ कार्तिक । डोल्पामा जीप दुर्घटना हुँदा १० जनाको मृत्यु भएको छ । दुर्इ जनाको जीवितै उद्दार गरिएको छ ।

सदरमुकाम दुनैबाट जुफालतर्फ जाँदै गरेको भे १ च १६१० नम्बरको जीप ठूलीभेरी नगरपालिका ९ कालागौडाबाट भेरी नदीमा खस्दा १० जनाको मृत्यु भएको डोल्पाका प्रहरी प्रमुख डीएसपी अवदेश विष्टले पुष्टि गरे ।

घटनामा उद्दार गरिएकाहरूको दुनै अस्पतालमा उपचार भइरहेको विष्टले जानकारी दिए । कसरी दुर्घटना भयो भन्ने बारे अनुसन्धान भइरहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*