Home / Feature Breaking news / सर्पको टोकाईबाट छोरीको मृत्यु, आमाको उपचार हुँदै

सर्पको टोकाईबाट छोरीको मृत्यु, आमाको उपचार हुँदै

घोराही, ३० साउन

दाङमा सर्पको टोकाईबाट एक जनाको मृत्यु भएको छ । घोराही उपमहानगरपालिका वडा नम्बर ६ को गुरुवागाउँ निवासी ६ बर्षिय बालिका ईन्दु चौधरीको सर्पको टोकाईबाट मृत्यु भएको हो ।

आफ्नै कोठामा सुतिरहेको समयमा राति करिब १ बजे आमाछोरीलाई टोकेको थियो । उपचारको क्रममा ६ बर्षिय बालिका चौधरीलाई डाक्टरले मृत घोषणा गरेको हो र आमाको प्रतिष्ठानमा उपचार भईरहेको जिल्ला प्रहरी कार्यालय दाङका प्रवक्ता रामप्रसाद तिमल्सिनाले जानकारी दिनुभयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*