Home / Feature Breaking news / ३१ औँ स्थापना दिवशमा ३१ जनाद्वारा रक्तदान

३१ औँ स्थापना दिवशमा ३१ जनाद्वारा रक्तदान

घोराही, २ भदौ

नेपाल महिला सामुदायिक सेवा केन्द्र दाङले ३१ औँ स्थापना दिवश मनाएको छ । केन्द्रको ३१ औं स्थानपना दिवशको अवसरमा रक्तदान गरेर मनाएको हो । संस्थाको ३१ औँ स्थापना दिवशमा ३१ जनाले रक्तदान गरेका थिए ।

जसमा अनिल अधिकारी, चतुरमान चौधरी, किराब राज शर्मा, गगन योगी, मनिश थापा मगर, जतमत चौधरी, दिपक खनाल, राजन परियार, बिबेक चौधरी, समिर भण्डारी, प्रज्वल डिसी, खिमराज चौधरी, रमेश गौतम, समिर भुषाल, हिमाल गोराथोकी, तुलसीराम ओली, छिता खड्का, चिजमाली थकाली, आकाश योगी, पबन योगी, रोशनी खनाल, अनु नेपाली, शिला पुरी, युबराज गौरी, निमा योगी, उर्मिला ओझा, किरण गौतम, शरद महतरा, प्रयुसनाथ योगी, भोला रिजाल, सम्भब बुढाथोकीले रक्तदान गर्नुभएको थियो ।

रगतको अभावमा कसैले पनि समस्या भोग्न नपरोस् भन्ने उद्देश्यले रक्तदान कार्यक्रमको आयोजना गरिएको केन्द्रले जनाएको छ । स्थापना दिवशको अवसरमा आयोजना गरिएको कार्यक्रममा बोल्ने वक्ताहरुले नेपाल महिला सामुदायिक सेवा केन्द्रले सामाजिक रुपान्तरणमा महत्वपुर्ण भुमिका खेलेको बताएका थिए । उनीहरुले महिलाले नेतृत्व गरेको संस्थाले समाज परिवर्तनमा सहयोग गरेको उनीहरुको भनाइ थियो । गैर सहकारी संस्थाहरुले राज्यलाइ सहयोग गदै आएको सहभागिहरुको भनाई थियो ।

केन्द्रका अध्यक्ष कल्पना न्यौपानेको अध्यक्षता एवं घोराही उपमहानगरपालिकाका उपप्रमुख हुमा डिसीको प्रमुख आतिथ्यमा भएको कार्यक्रममा प्रमुख अतिथि डिसीले राज्यको आँखा नपुगेको स्थानमा संघ संस्थाहरुले सहयोग गदै आएको बताउनुभयो । सरकार र संस्थाहरु मिलेर सामाजिक कार्यलाई अगाडी बढाउनुपर्ने उहाँको भनाई थियो । महिलाहरुलाई आर्थिक रुपमा सक्षम बनाउन केन्द्रले सहयोग गदै आएको समेत उहाँले बताउनुभयो ।

पछिल्लो समय युवाहरु विदेशीने गरेको भन्दै विदेशीने युवाहरुलाइ स्वदेशमा राख्ने वातावरण सृजना गर्नु पर्ने उहाँले बताउनुभयो । नेपाल महिला सामुदायिक सेवा केन्द्रले स्थापनाकाल देखि नै महिला र बालबालिकाको क्षेत्रमा अतुलनिय कार्य गरेको बताउनुभयो । ‘महिलाले पनि गर्न सक्छन् भन्ने उदाहरण यो सस्था हो । असजिलो समयमा समस्यामा परेका संग सस्थाले निरन्तर काम गरिरहेको छ ।’ डिसीले भन्नुभयो– ‘संस्थाले सरकारलाई सपोट पुग्ने गरि काम गरिहेको छ ।’

नेपाल महिला सामुदायिक सेवा केन्द्रका संस्थापक अध्यक्ष विमला योगीले महिला र बालबालिकाहरुलाई शिक्षामा प्राथमिकता दिनु पर्ने बताउनुभयो । शिक्षाले मानिसलाई अगाडी बढाउन सहयोग पु¥याउने भएकाले शिक्षा जिवनको आवश्यकता भएको बताउनुभयो । सबैको सहयोगले सेवा केन्द्रलाई यहाँ सम्म पु¥याउन सकिएको उहाँको भनाई थियो । महिला र बालबालिकाहरुको सशक्तिकरणकालागी सस्थाले स्थापनादेखी नै काम गर्दै आएकाले यसलाई एक उचाइमा पु¥याउननकालागी सबैको सहयोग आवश्यक भएको पनि उहाँको भनाई थियो ।

कार्यक्रममा बोल्दै पत्रकार महासंघका अध्यक्ष दुर्गालाल केसीले नेपाल महिला सामुदायिक सेवा केन्द्रले गरेको काम र कार्यक्रम सर्हानीय भएको बताउनुभयो । नेपाल पत्रकार महासंघ दाङका उपाध्यक्ष बसुन्धरा गौतम, नेपाल प्रेस युनियनका केन्द्रीय उप महासचिव सुलोचना गौतम, नेपाल महिला मानव अधिकार रक्षक सञ्जालका केन्द्रीय सचिव लक्ष्मी आचार्य, जिल्ला अध्यक्ष अनिता पोख्रेल, मानव कल्याण तथा वातावरण संरक्षण केन्द्रका अध्यक्ष निर्मला गौतम रेग्मी, रक्त सञ्चार केन्द्रका ठाकुर पौडेल लगायतले शुभकामना मन्तव्य राख्नुभएको थियो ।

कार्यक्रममा केन्द्रले गदै आएका कार्यक्रम तथा परियोजनाका बारेमा परियोजना प्रमुख दिनेश सुवेदीले जानकारी गराउनुभउको थियो । केन्द्रका सचिव शिवा योगीको स्वागत मन्तव्यवाट सुरु भएको कार्यक्रमको सहजिकरण परियोजना प्रमुख दीपा धितालले गरेकी थिइन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*