Home / समाचार / ज्ञानदिपमा आईटी तालिम

ज्ञानदिपमा आईटी तालिम

तुलसीपुर,२३ असार । तुलसीपुरमा रहेको ज्ञानदिप कलेजले विद्यार्थीहरुलाई आइटी सम्वन्धि विशेष तालिम दिएको छ ।

उपटेक्सेस प्रालिको सहयोगमा कलेजमा विसिए दोस्रो सेमेस्टरमा अध्ययनरत विद्यार्थीहरुलाई यस्तो तालिम दिइएको कलेज प्रमुख सुरेन्द्र जिसीले जानकारी दिए । उनले विद्यार्थीहरुलाई सूचना प्रविधिको जानकारी दिनका लागि यस्तो तालिम दिइएको वताए । कलेजले विसिए अध्ययनरत विद्यार्थीको करिअरलाई ध्यानमा राखेर विभिन्न तालिम दिदै आएको पनि उनको भनाई छ ।

दुइदिनसम्म सञ्चालन भएको तालिममा करिअर काउन्सिलका साथै सफ्टवेयर निर्माण सम्वन्धि विभिन्न जानकारी दिईको प्रशिक्षक गेहेन्द्र शाहले वताए । विसिएका विद्यार्थीहरुलाई अध्ययन पश्चात के गर्ने भन्ने विषयको जानकारी समेत गराइएको थियो ।

विद्यार्थीहरुले नयाँ प्राविधिक विषयमा ज्ञान हासिल गर्न पाएकोमा खुसी व्यक्त गरेका थिए । उनीहरुले तालिम पश्चात नयाँ सफ्टवेयर निर्माण गर्ने हौसला वढेको जानकारी गराए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*