Home / Feature Breaking news / दाङमा एकाएक महामारी दुई सय बढी बिरामी

दाङमा एकाएक महामारी दुई सय बढी बिरामी

दाङ,१२ जेठ । दाङको शान्तिनगर गाउँपालिकामा एकाएक झाडा पखालाको महामारी फैलिएको छ । गाउँपालिकाको वडानम्वर–३ मा बिगत तीन दिनदेखि सुरु भएको महामारी २ सय बढी स्थानीयहरुलाई देखिएपछि स्थानीयहरु त्रसित बनेका छन् ।

अधिकांश महिला तथा बालबालिकाहरुमा झाडा पखालाको महामारी देखिएपछि शनिबार स्थानीय स्वास्थ्य संस्थामा उपचारका लागि भर्ना गरिएको छ । स्थानीय स्वास्थ्य संस्थामा औषधि सकिएपछि गाउँ पालिका अध्यक्ष कमानसिंह डाँगी र प्रमुख जिल्ला अधिकारी गजेन्द्रबहादुर श्रेष्ठको पहलमा बिरामीहरुलाई थप उपचारका लागि उपचार राप्ती अञ्चल अस्पतालमा ल्याइएको छ ।

birami

दुषित पानीका कारण महामारी फैलिएको हुन्न सक्ने शान्ति नगर गाउँपालिकाका अध्यक्ष डाँगीले जानकारी दिए । त्यस्तै प्रमुख जिल्ला अधिकार गजेन्द्रबहादुर श्रेष्ठको नेतृत्वमा जिल्ला जनस्वास्थ्यको टोली महामारी फैलिएको शान्तिनगर गाउँपालिकामा पुगेको छ ।

स्वास्थ्यकर्मीहरुको टोलीले के कारणले महामारी फैलिएको हो र यसलाई कसरी छिटो भन्दा छिटो नियन्त्रणमा लिन सकिन्छ भनेर अनुसन्धान थाल्ने प्रमुख जिल्ला अधिकारी श्रेष्ठले जानकारी दिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*