Home / खेलकुद / पैसाका लागि बार्सिलोना छाडेको होइन, पेरिसमा इतिहास लेख्न चाहन्छुः नेयमार

पैसाका लागि बार्सिलोना छाडेको होइन, पेरिसमा इतिहास लेख्न चाहन्छुः नेयमार

काठमाडौं, २१ साउन

ब्राजिलियन फवार्ड नेयमारले आफू पैसाका लागि  बार्सिलोना छाडेर फ्रान्सेली क्लब पेरिस सेन्ट जर्मेन (पीएसजी) नगएको दाबी गरेका छन् ।

कीर्तिमानी मूल्य २२२ मिलियन युरोमा पीएसजी गएपछि पहिलो पटक पत्रकारहरुमाझ उपस्थित भएका नेयमारलाई एक पत्रकारले मानिसहरूले पैसाका लागि बार्सिलोना छाडेर पीएसजी आएको ठान्छन् नि भन्ने प्रश्न गरे ।

जवाफमा उनले भने, ‘म के भन्छु भने त्यसो भन्ने मानिसहरुलाई मेरो व्यक्तिगत जीवनबारे थाहा छैन । म कहिल्यै पनि पैसाबाट कहिल्यै प्रेरित भएको छैन ।’

आफ्नो लागी खुसी ठूलो भएको उनले बताए । आफूले पैसाका लागि पीएसजी गरेको ठन्दा दुःख लागेको भन्दै उनले भने, यदि मैले पैसालाई पछ्याएको भन्दै अरु देशको कुनै क्लबमा हुन्थेँ ।’

उनले आफू नयाँ चुनौतीको सामना गर्न पेरिस सेन्ट जर्मेन आएको र यो नै सही समय भएको बताए । बार्सिलोना छाड्ने निर्णय जीवनकै कठिन निर्णय भएको भन्दै उनले भने, ‘म क्लबलाई सम्मान गर्छु । तर, आफ्नो निर्णयबाट खुसी छु ।’

मेस्सीसँगै खेल्नका लागि आफू बार्सिलोना गएको भन्दै उनले भने, ‘अब पीएसजीमा इतिहास लेख्न चाहन्छु ।’

 

अनलाइन खबरबाट

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*