Home / समाचार / परियार सेवा समाजको क्षेत्र नम्बर १ मा समिति गठन

परियार सेवा समाजको क्षेत्र नम्बर १ मा समिति गठन

दाङ, २१ साउन

परियार सेवा समाज क्षेत्र नम्बर १ को क्षेत्रीय अधिवेशन आज लमहीमा भएको छ । समाजका जिल्ला अध्यक्ष केशब नेपालीको अध्यक्षता तथा बुद्धिजिवी बिनवहादुर परियारको प्रमुख आतिथ्य एवं समाजका जिल्ला बरिष्ठ सल्लाहकार कमल परियारको विशिष्ट आतिथ्यमा भएको अधिवेशनले ठगेन्द्र परियारको अध्यक्षतामा परियार सेवा समाजको क्षेत्र स्तरिय समिति गठन गरेको छ ।

k 4

यसैगरि समितिको उपाध्यक्षमा बुद्धिराम परियार,सचिवमा सरस्वती परियार,सहसचिवमा अल्का परियार, कोषाध्यक्षमा देववहादुर परियार रहनु भएको छ । यसैगरि सदस्यहरु गणेश नेपाली,रामवहादुर परियार,विनिता परियार,सीता परियार,कुन्ता नेपाली,देवा नेपाली,धनविर परियार र देबकली नेपाली चयन हुनु भएको समाजका जिल्ला अध्यक्ष केशव नेपालीले जानकारी दिनु भयो ।

kesab

यसैगरि सल्लाहरकारहरुमा भुपाल परियार,रतिदेबी नेपाली,विनवहादुर परियार,लालवहादुर परियार र नुमवहादुर परियारलाई चयन गरिएको छ । कार्यक्रममा पत्रकार लिला शाह, समाजका जिल्ला उपाध्यक्ष तेजवहादुर नेपाली लगाएतले धारणा राख्नु भएको थियो ।

keshab 2

जिल्लारभका परियार समुदायका नागरिकहरुलाई संगठीत गर्ने उदेश्यले समाजले क्षेत्र स्तरमा पनि समिति निर्माण गर्न लागेको जिल्ला अध्यक्ष नेपालीले जानकारी दिनु भयो । उहाँले जिल्लाका सबै निर्वाचन क्षेत्रमा समिति बिस्तार हुने पनि बताउनुभयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*