Home / खेलकुद / ३५५ दिनपछि रोनाल्डोको फ्रिकिक गोल

३५५ दिनपछि रोनाल्डोको फ्रिकिक गोल

एजेन्सी । क्रिष्टियानो रोनाल्डोको ह्याट्रिकमा स्वीटरजल्याण्डलाई ३–१ ले हराउँदै पोर्चुगल युईएफए नेसन्स लिगको फाइनलमा पुगेको छ । त्यसमा रोनाल्डोको ५५ दिनपछिको ह्याट्रिकसँगै चर्चामा छ, ३५५ दिनपछि उनले गरेको फ्रिकिक गोल ।

रोनाल्डोले गएको मार्चमा च्याम्पियन्स लिग अन्तर्गत अन्तिम १६ को खेलमा एथ्लेटिको मड्रिडविरुद्ध युभेन्टसबाट ह्याट्रिक गरेका थिए । यसपछि नेसन्स लिगमा स्वीटरजल्याण्डविरुद्ध नै उनको ह्याट्रिक गोल हो ।

२५ औँ मिनेटमा गोल गरेर पोर्चुगललाई अग्रता दिलाएका रोनाल्डोले ८८ औँ र ९० औँ मिनेटमा गोल गर्दै ह्याट्रिक पूरा गरेका थिए ।

यस्तै उनले रसिया विश्वकपमा स्पेनविरुद्ध ३–३ को बराबरी भएको खेलमा गोल गरेपछि फ्रि किकमार्फत गोल गर्न सकेका थिएनन् । १८र१९ को सिजनमा युभेन्टसका लागि उनले हानेको २३ फ्रिकिकमा कुनै पनि गोल हुन सकेको थिएन ।

स्वीटजरल्याण्डविरुद्ध रोनाल्डोको खेलपछि पोर्चुगलका प्रशिक्षक फर्नान्डो सान्तोषले उनलाई ‘उच्च प्रतिभा’को रुपमा तारिफ गरे । हुन पनि ३४ वर्षमा रोनाल्डोले देखाइरहेको खेल अविश्वसनीय नै छ । ‘रोनाल्डोको खेलको तारिफ गर्दा मैले अहिलेसम्म सबै विशेषणको प्रयोग गरिसकेँ होला । उनी खेलमा देखिने स्पष्ट भिन्नता हुन् । जो भएमा निराश हुनु पर्दैन’ सान्तोषले भने ।

नेसन्स लिगमा इंग्ल्याण्ड र नेदरल्याण्ड्सबीच बिहीबार हुने खेलको विजेतासँग पोर्चुगलले फाइनलमा खेल्नेछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*