घोराही, ४ असार
दाङको लमहीमा आफ्नै गाडीले च्याप्दा एक युवकको मृत्यु भएको छ । गाडी पछाडि गुडेर च्यापिँदा उनको मृत्यु भएको छ ।
मृत्यु हुनेमा लमही नगरपालिका–५ सुनखोलीका २१ वर्षीय राकेश कुमार बानियाँ रहेका वडा प्रहरी कार्यालय लमहीले जनाएको छ ।
आफ्नै घर अगाडि रोकेर राखिएको लु ३ च ४८१४ नम्बरको पिकअप बोलेरो गाडीको पछाडिको चक्कामा ओट लगाएको ढुंगा हटाउने क्रममा उनी च्यापिएका थिए । तरकारी बोक्ने बोलेरो गाडी घर छेवैंमा पार्किङ गरिएको थियो ।
टाउकोमा चोट लागेर गम्भीर घाइते भएका उनलाई तत्काल लमही अस्पताल पुर्याइएको थियो । तर बिहान ६ः४५ बजे चिकित्सकले उनलाई मृत घोषणा गरेको ईलाका प्रहरी कार्यालय लमहीले जानकारी दिएको छ ।
RaptiSandesh RaptiSandesh