Home / Feature Breaking news / डेढ करोड बढिको लगानीमा ट्राफिक प्रहरीको भवन निर्माण

डेढ करोड बढिको लगानीमा ट्राफिक प्रहरीको भवन निर्माण

दाङ,२६ मंसिर । टहराबाट सेवा प्रदान गर्दै आएको जिल्ला ट्राफिक प्रहरी कार्यालय दाङको सुविधा सम्पन्न भवन निर्माण भएको छ । २०४६ सालमा स्थापना भएको जिल्ला ट्राफिक प्रहरीले घोराही उपमहानगरपालिका वडा नं. १४ को ट्राफिक चोकमा रहेको दुई कोठो टहराबाट सेवा प्रवाह गर्दै आएको थियो ।

टहराबाट सेवा प्रवाह गर्दै आएको ट्राफिक प्रहरीको डेढ करोड बढिको लागतमा भवन निर्माण भएको हो । नेपाल प्रहरीलाई भौतिक पूर्वाधारमा आत्मनिर्भर बनाउने उद्देश्यले नेपाल सरकारको एक करोड ५६ लाख ८३ हजार नौ सय ६६ रुपैयाँको लागतमा भवन निर्माण भएको प्रहरी निरिक्षक सुमन दाहालले जानकारी दिएका छन ।

trafic

भवन मनकामना कन्ट्रक्सन निर्माण सप्लायर्सले निर्माण गरेको हो । भवन एक बर्षभित्रमा निर्माण गरि सक्ने गरि गतबर्ष २०७५ साल जेठको दश गते जिल्ला प्रहरी कार्यालय दाङ र निर्माण व्यवसायीका विच सम्झौता भएको थियो । सोही अनुसार निर्माण कम्पनीले दुई तले सुविधासम्म भवन निर्माण गरेको हो ।

tra

नवनिर्मित भवनको उद्घाटन गर्दै प्रदेश नं. ५ का प्रहरी प्रमुख प्रहरी नायव महानिरिक्षक सुरेशविक्रम शाहले नवनिर्मित भवनले ट्राफिक प्रहरीलाई जनमैत्री सेवा प्रवाह गर्न महत्वपुर्ण सहयोग पु¥याउने बताएका थिए । सिमित साधन र श्रोतमा सेवा प्रदान गर्दै आएको ट्राफिक प्रहरीलाई नवनिमिति भवनले सेवालाई प्रभावकारी बनाउन महत्वपूर्ण भूमिका खेल्ने बताएका हुन ।

suresh bikram shah tra

‘सिमित श्रोत र साधनबाट सेवा प्रदान गर्दा विभिन्न खाले समस्याहरु रहेका छन’, प्रहरी नायव महानिरिक्षक शाहले भने,‘भवन निर्माणले सेवा प्रवाहसँगै जनमैत्री सेवा प्रदानमा सहजता ल्याउनेछ ।’
कार्यक्रममा प्रमुख जिल्ला अधिकारी गोविन्द रिजाल, नागरिक समाज दाङका संयोजक चन्द्रराज पन्त, नेपाल यातायात व्यवसायी महासंघका सल्लाहकार सुरेश हमाललगायतले सुभकामना मन्तव्य व्यक्त गरेका थिए । कार्यक्रममा भवन निर्माणमा योगदान पु¥याएको भन्दै हवलदार टेकबहादुर कुसारी र लोकेन्द्र मल्ललाई सम्मान पत्रले सम्मान गरिएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*