Home / Feature Breaking news / संविधान कार्यान्वयनमा तीनै तहका सरकारको थप प्रयास आवश्यकः खनाल

संविधान कार्यान्वयनमा तीनै तहका सरकारको थप प्रयास आवश्यकः खनाल

दाङ, ३ असोज

लुम्बिनी प्रदेशका स्वास्थ्य मन्त्री एवं संविधान सभा सदस्य राजु खनालले जनताका प्रतिनिधीले बनाएको पहिलो संविधान पूर्ण कार्यान्वनका लागी तिनै तहका सरकारको थप प्रयास आवश्यक रहेको बताउनु भएको छ । संविधान दिवसको अवसरमा शुभकामना दिदै संविधान सभा सदस्य समेत रहनु भएका स्वास्थ्य मन्त्री खनालले संविधान निर्माणका क्रममा संविधान सभामा भएको छलफलको स्मरण गर्दै तल्लो तहका सरकारको अधिकारको सुनिश्चितता गरिएको संविधान पूर्ण कार्यान्वयनको दायीत्व संघिय सरकारको भएको बताउनु भएको हो ।

उहाँले संविधानको मर्म अनुसारको अधिकार कार्यान्वयनको प्रमुख दायित्व संघिय सरकारको भएको भन्दै संघिता कार्यान्वनका लागि प्रदेश र स्थानिय तहलाई संबैधानिक ब्यवस्था अनुसारको अधिकार संघ सरकारले दिनुपर्ने बताउनु भएको छ । मन्त्री खनालले संघिय संरचना कार्यान्वयण गर्ने संविधान निर्माणका क्रममा प्रत्यक्ष र अप्रत्यक्ष रूपमा सहयोग तथा योगदान गर्दै सबैलाई धन्वाद दिनु भएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*