Home / Feature Breaking news / लुम्बिनी प्रदेशमा मातृ मृत्युदर र कुपोषण शून्यमा झार्न

लुम्बिनी प्रदेशमा मातृ मृत्युदर र कुपोषण शून्यमा झार्न

दाङ, ४ असोज

लुम्बिनी प्रदेशका स्वास्थ्य मन्त्री राजु खनालले प्रदेशबाट मातृ मृत्युदर र कुपोषण शून्यमा झार्न स्थानिय सरकारको भूमिका महत्वपूर्ण हुने बताउनु भएको छ ।

दाङ जिल्लामा रहेका स्वास्थ्य सँस्था, अस्पताल तथा दस वटै पालिकाका स्वास्थ्य शाखाले आर्थिक वर्ष २०७९ र ०८० मा गरेका स्वास्थ्य कार्यक्रमहरूको जिल्ला स्तरीय वार्षिक समीक्षा कार्यक्रमलाई सम्बोधन गर्दै लुम्बिनी प्रदेशका स्वास्थ्य मन्त्री राजु खनालले सात प्रदेश मध्ये लुम्बिनी प्रदेश मातृ मृत्यु र कुपोषणमा धेरै पछाडि रहेको भन्दै त्यसलाई सुन्यमा झार्ने गरि काम गर्न आाबश्यक रहेको बताउनु भयो ।

मन्त्री खनालले स्थानिय सरकारलाई अबको कार्यक्रम त्यसमा केन्द्रित गर्न आग्रह गर्नु भयो । मातृ मृत्युदर र कुपोषण सुन्यमा झार्नुपर्ने चुनौती हाम्रा सामु छ । पालिकाका कार्यक्रम त्यसतर्फ केन्द्रित गर्नुस, आबश्यक सहयोग र सहकार्य गर्न पर्देश सरकार तयार छू स्वास्थ्य मन्त्री खनालले भन्नुभयो । सर्ने रोगलाई खोप लगायतले रोके पनि नसर्ने रोग रोग घातक स्वास्थ्य समस्याको रूपमा देखिएको भन्दै मन्त्री खनालले त्यसलाई रोक्न काउन्सिलिङ आबश्यक पर्ने बताउनु भयो ।

यसलाई पनि पनि स्थानीय तहले आफ्नो कार्यक्रममा राखेर प्रदेशसँग सहकार्य गर्न सकिने बताउनु भयो । स्थानीय तहका अस्पतालबाट रिफर भएका बिरामिको आफ्नै ठाउँमा विशेषज्ञ उपचार पाउने ब्यवस्था गर्न प्रदेश सरकार लागीरहेको मन्त्री खनालले बताउनु भयो

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*