Home / Feature Breaking news / घाेराही बसपार्कमा चाडपर्व लक्षित यात्रु सहायता कक्ष स्थापना

घाेराही बसपार्कमा चाडपर्व लक्षित यात्रु सहायता कक्ष स्थापना

घाेराही, ७ असाेज
हिन्दुहरूकाे महान् पर्व बिजयादशमी, दिपावली र छठ पर्वलाई लक्षित गरि घाेराहीकाे बसपार्कमा यात्रु सहायता कक्ष स्थापना गरिएकाे छ ।

दाङ जिल्ला घोराही उपमहानगरपालिका वडा नं. १४ स्थित नयाँबसपार्कमा जिल्ला प्रहरी कार्यालय दाङ, जिल्ला ट्राफिक प्रहरी कार्यालय दाङ, वडा प्रहरी कार्यालय घोराही दाङ, अस्थाई प्रहरी पोष्ट बसपार्क र त्रिसिद्धेश्वरी राप्ती यातायात प्रा.लि.को समन्वयमा नेपालीहरुको महान चाड बडा दशैं, दिपावली तथा छठ पर्वको अवसरमा बसपार्कमा नागरिक/यात्रु सहायता कक्ष स्थापना गरिएकाे हाे ।

चाडपर्वकाे समयमा मानिसहरुको आवागमन बढ्ने, सवारी साधनमा यात्रुहरुको चाप बढ्दै जाने, महिला, जेष्ठ नागरिक, आरक्षण सिटलाई ब्यवस्थित रुपमा संचालन गर्न, यात्रुबाट यातायात ब्यवसायिले तोकिए भन्दा बढी भाडा लिने, सवारी चालकले मादक पदार्थ सेवन गरी सवारी साधन चलाउने, चालक र सहचालकबाट यात्रुहरुलाई अभद्र ब्यवहार हुने, सवारी साधनको अस्वभाविक प्रतिस्पर्धा हुन गई सवारी दुर्घटना समेत बढ्न सक्ने कुरालाई बिशेष ध्यान दिई चाड पर्वको समयमा यात्रुहरुलाई आवश्यक सहयोग एवं सहजता पुर्‍याउनकालागी यात्रु सहायता कक्ष स्थापना गरिएकाे हाे ।

कक्षकाे जिल्ला प्रहरी कार्यालय दाङका प्रमुख प्रहरी उपरीक्षक विरबहादुर वलीलृ उद्घाटन गर्नुभएकाे हाे । कार्यक्रममा स्थानिय जनप्रतिनिधी, यातायात ब्यबसायी, चालक-सहचालक, टोल बिकास संस्थाका पदाधिकारी, स्थानिय नागरिक लगाएतको सहभगितामा रहेकाे थियाे ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*