Home / समाचार / मनपरि कर लगाएकोमा वन महासंघको विरोध

मनपरि कर लगाएकोमा वन महासंघको विरोध

दाङ, २३ भदौ
स्थानीय तहले लगाउने करका बिषयमा संघीय र प्रादेशीक कानुन बनी नसकेको अवस्थामा दाङका केहि स्थानीय तहले आफूखुशी कर लगाएकाको भन्दै सामुदायिक वन उपभोक्ता महासंघ दाङले त्यसको बिरोध गरेको छ ।

सामुदायिक वन उपभोक्ता महासंघ,नेपाल जिल्ला महासंघ दाङको आज शुक्रवार घोराहीमा बसेको १२ औ पूर्ण बैठकले स्थानीय तहले राजश्व संकलनका बिषयमा स्पष्ट कानुन नबनेको अवस्थामा नागरिकलाई मार पर्ने गरी दोहोरो कर लगाइएको भन्दै त्यसको बिरोध गरेको बैठकपछि वन महासंघ दाङका सचिव एंव प्रवक्ता हेमराज शर्माले जानकारी दिनुभयो ।

बबइ गाउँपालिककाले वन पैदावार निकासीका क्रममा बिद्यमान कर असुलीको कानुन हुदाँहुदै पनि प्रतिक्यूफिट १ सय २० रुपैयासम्म अतिरिक्त कर लिन थालेको, तुल्सीपुर उपमहानगरपालिकाले सवारीसाधनमा अतिरिक्त दोहोरो कर लगाएको नागरिकतहबाट गुनासो आएपनि त्यसमा पुर्नबिचार गर्न बैठकले अनुरोध गरेको छ ।

संघीय र प्रादेशिक कानुन नबनेको अवस्थामा सरोकारवाला निकायसँगको कुनै छलफल बिनै कर लगाउनु नागरिकलाई मारमा पार्ने काम भएको पनि वन महासंघले ठहर गरेको छ ।

सामुदायिक वन उपभोक्ता महासंघ, दाङका अध्यक्ष शोभाकर सापकोटाको अध्यक्षता एंव वन महासंघका केन्द्रीय सदस्य पद्मा चौधरीको प्रमुख आतिथ्यतामा भएको बैठकले सामुदायिक वनको बिभिन्न संरचनामा रहेर काम गरिसकेका ब्यक्तित्वहरु अहिले जनप्रनिधिमा निर्वाचित भएकोमा बधाई ज्ञापन गरेको छ ।

लामो समयदेखि सामुदायिक वनको अभियानमा समेत रहनु भएका पत्रकार बिपुल पोख्रेल पत्रकार महासंघको २५ औ महाधिवेसनबाट उपाध्याक्ष र उदय जि एम सचिवमा निर्वाचित हुनु भएको उहाँहरु लगायत पत्रकार महासघका सिंगो टिमलाई बैठकले बधाई दिदै सफल कार्यकालको शुभकामना पनि दिएको छ ।

राज्यको पुर्नसंरचनासँगै वन महासंघले पनि आफ्नो संरचना अघी बढाउदै लैजाने निर्णय बन महासंघले गरेको छ । वन महासंघले घोराहीमा निर्माण गरेको भवनमा बिशिष्ट ब्यक्तित्वहरुको उपस्थितिमा उदघाटन गर्ने निर्णय गर्दै बैठकले भवन निर्माणमा सहयोग गर्ने सवैलाई धन्यवाद दिएको छ ।

वन महासंघले आगामी असोज ६ गते घोराहीमा दशै मिलन समारोह तथा सामुदायिक वनको बिभिन्न तहमा रहेर नवनिर्वाचित जनप्रतिनिधिहरुलाई सम्मान गर्ने निर्णय बैठकले गरेको छ ।

काष्ठ ब्यावसायी समिति दाङका निर्वतमान अध्यक्ष गिरिराज शर्मा र वनअभियानकर्मी सरस्वता घिमिरेका ससुराको निधनप्रति दुख ब्यक्त गर्दै बैठकले सोकसन्तप्त परिवारजनप्रति समवेदना ब्यक्त गरेको छ

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*