भदौ, २३ तुलसीपुर
नेपाल उद्योग वाणिज्य महासंघको विभिन्न उपसमितिमा मनोनित सदस्यहरुलाई आज शुक्रवार एक कार्यक्रमका विच तुलसीपुर उद्योग वाणिज्य संघले स्वागत एवं वधाई ज्ञापन गरेको छ ।
वाणिज्य संघका अध्यक्ष विर वहादुर रावतको अध्यक्षतामा भएको कार्यक्रममा निर्यात प्रवद्र्धन समितिका सदस्यहरु सुदिप श्रेष्ठ , खुशल राम शर्मा, जनक वहादुर रावत र डम्बर वहादुर डांगी वाणिज्य संघले वधाई ज्ञापन गरेको हो ।
त्यसै गरी घरेलु तथा साना उद्योग समितिका सदस्य राजेन्द्र कुमार श्रेष्ठ, व्यापार मेला तथा महोत्सव समितिका सदस्य राजेन्द्र प्रसाद श्रेष्ठ र स्थानिय आर्थिक विकास समितिमा मनोनित हुनु भएका विमल पौडेललाई वाणिज्य संघले स्वागत गरेको हो । कार्यक्रममा वोल्दै वाणिज्य संघका निवर्तमान अध्यक्ष विमल रिजालले तुलसीपुरवाट महासंघमा नेतृत्व गर्ने सदस्यहरुको भुमिका महत्वपूर्ण हुनु पर्ने वताउनु भयो । उहांले मनोनित सदस्यहरुले महासंघको नितिनिर्माण तथा कार्यसम्पादनमा भुमिका रहने हुंदा व्यवसायीहरुका समसामायिक एजेण्डाहरुलाई प्राथमिकता दिन समेत आग्रह गर्नु भयो ।
कार्यक्रममा संघका सल्लाहकार नारायण प्रसाद खनाल, कानूनी सल्लाहकार प्रवीण लम्साल, प्रेस सल्लाहकार शरद रेग्मी, लगायतले शुभकामना मन्तव्य राख्नु भएको थियो । उपाध्यक्ष मिनराज भण्डारीले स्वागत मन्तव्य व्यक्त गर्नु भएको कार्यक्रममा धन्यवाद ज्ञापन वरिष्ठ उपाध्यक्ष राम प्रसाद चालिसे र सहजीकरण महासचिव रुप वहादुर खत्रीले गर्नुं भएको थियो ।
तुलसीपुर उद्योग वाणिज्य संघले महासंघको वर्तमान कार्यसमितिमा आफ्ना सात जना व्यवसायीहरुलाई विभिन्न उपसमितिमा मनोनित गराउन सफल भएको छ ।