Home / Feature Breaking news / हसाउदाँ हसाउदैँ दर्शक रुवाए दाह्रीबा र चम्चुरीले

हसाउदाँ हसाउदैँ दर्शक रुवाए दाह्रीबा र चम्चुरीले

नारायणपुर, २३ माघ
नारायणपुरमा जारी ‘नारायणपुर व्यापारिक, कृषि तथा पर्यटन महोत्सव २०७४’ को १२ औँ दिन मंगलवार नारायणपुर महोत्सवमा हास्यकलाकारहरुले आफ्नो प्रस्तुति राखेका छन् । हास्यकलाकारहरुले सुरुमा दर्शकहरुलाई पेट मिचीमिची हसाएका थिए ।

IMG_7733

व्यंग्यात्मक रुपमा दर्शकहरुलाई मनोरञ्जन दिए भने अन्तिममा नेपाल र नेपाल आमाप्रति इंगीत गर्दा दर्शकहरु भावुक भएका थिए । उनीहरुले डाक्टर र विरामीको भूमीकामा प्रस्तुत भएका सुरविर पण्डीत(दाह्रीबा) र पल्पशा डंगोल(चम्चुरीं)ले दर्शकहरुलाई देश र राष्ट्रियताप्रति प्रस्तुत गरेका थिए । उनीहरुले हास्यव्यग्य प्रहशनमार्फत प्रस्तुत गर्दागर्दै उनीहरुले राष्ट्रियताको पक्षमा, नेपाल आमाको पीडालाई वर्तमान अवश्थासँग जोडेर प्रस्तुत हुँदा दर्शकहरुको आँखा रसाएका थिए ।

IMG_7771

महोत्सवमा मंगलवार दोहोरी गायीका शीलु भट्टराई, गायक दिपक खड्का, मोडल सुरक्षा सेर्पाईली लगायतले प्रस्तुति राखेका थिए ।

अन्तिम दिन वुधवार युवाहरुको रोजाईका कलाकार दुर्गेश थापा आउने भएका छन् । दर्शकहरुको मागलाई मध्यनजर गर्दै वुधवार युवाहरुको रोजाई गायक दुर्गेश थापालाई महोत्सवमा आमन्त्रण गरिएको महोत्सवमा निर्देशक बिनादे बुढाथोकीले जानकारी दिनुभयो ।

IMG_7795

साथै वुधवार लोकदोहोरी गायक दिपक खड्का, कलाकार विजय पुन लगायतको प्रस्तुति रहने उहाँले जानकारी दिनुभयो । साथै वुधवार सामान खरिददेखी बालउद्यानमा पनि विशेष छुट हुने भएकाले उपस्थित हुने उहाँले सम्पूर्ण दर्शकहरुमा अनुरोध गर्नुभएको छ ।

IMG_7804

माघ १२ गतेदेखी ‘कृषि व्यवसाय एवं पर्यटनमा प्रोत्साहनः दीगो अर्थतन्त्रकालागि अमूल्य योगदान’ मूल नाराका साथ सुरु भएको ‘ तेस्रो नारायणपुर व्यापारिक, कृषि तथा पर्यटन महोत्सव २०७४’ को वुधवार एक कार्यक्रमकाबीच समापन गरिने भएको छ ।

समापन कार्यक्रममा उपस्थितिकालागि महोत्सव आयोजक मूल समितिका संयोजक एवं नारायणपुर उद्योग वणिज्य संघका अध्यक्ष महेन्द्रकुमार दाहालले जानकारी दिनुभयो । समापनका अवसरमा महोत्सव सफल पार्नकालागि सहयोग गर्ने सम्पूर्ण व्यक्ती तथा संघसंस्थाहरुलाई प्रशंसापत्रले सम्मान गरिने उहाँले जानकारी दिनुभयो । दिउसो २ बजेदेखी सुरु हुने समापन कार्यक्रममा उपस्थितिकालागि उहाँले सम्पूर्ण दर्शकहरुमा अनुरोध गर्नुभएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*