Home / समाचार / हाजिरी जवाफ प्रतियोगितामा ज्ञानज्योति प्रथम

हाजिरी जवाफ प्रतियोगितामा ज्ञानज्योति प्रथम

बिमल गौतम
तुलसीपुर, २३ भदौ
अतिरिक्त क्रियाकलापले बालबालिकाहरुको चौतर्पिm बिकासमा सहयोग पुग्ने आज तुलसीपुरमा आयोजित एक कार्यक्रमका सहभागिहरुले बताएका छन । राष्ट्रिय शिक्षा दिवस तथा अन्तराष्ट्रिय साक्षरता दिवसको अवसर पारि एन प्याव्सन दाङले तुलसीपुरमा आयोजना गरेको जिल्ला स्तरिय हाजिरि जवाफ प्रतियोगिताको समापनका अवसरमा बोल्ने बक्ताहरुले त्यस्तो कुरा वताएका हुन ।

सहभागि बत्ताहरुले बालबालिकाहरुलाई पठन पाठन बाहेक अन्य क्रियाकलापहरुमा सहभागि गराउदा उनीहरुको व्यक्तित्व विकास हुने समेत बताएका थिए । कार्यक्रमका प्रमुख अतिथि एन प्याव्सनका केन्द्रिय सचिव सुवोध कुमार डागिले बिभिन्न खाले अतिरिक्त क्रियाकलापले बालबालिकाहरुको सिकाई उपलव्धी बढने भन्दै कार्यक्रम आयोजना गरेकोमा एन प्याव्सनको प्रशंसा समेत गर्नुभयो ।

एन प्याव्सन दाङका सहसचिव एव कार्यक्रम संयोजक लोकेन्द्र खडकाकोे स्वागत मन्तब्य बाट शुरु भएको कार्यक्रममा एन प्याव्सनका केन्द्रिय सदस्यद्धय प्रेम नेपाली , गुणाखर ढकाल , एन प्याव्सन दाङका सल्लाहकार राजेन्द्र कुमार पाण्डे लगाएतले बोल्नु भएको थियो ।

औपचारिक कार्यक्रमको संचालन एन प्याव्सन दाङका सचिव ठाकुर डागिले गर्नु भएको थियो भने धन्यबाद उपाध्यक्ष भोजराज न्यौपानेले गर्नु भएको थियो ।
यसैविच हाजिरि जवाफ प्रतियोगितामा ज्ञान ज्योति सेकेन्डरि स्कुल तुलसीपुर प्रथम, हाईलाईट ईगलिश स्कुल घोराहि ५ द्धितिय , राप्ति बाल एकाडेमि तुलसीपुर तृतिय र जनप्रिय ईगलिश स्कुल तलसीपुर २ बालापुर सान्त्वना भएका छन । प्रतियोगितामा प्रथम , द्धितिय , तृतिय र सान्त्वना हुने बिद्यालयहरुलाई क्रमशः ५ हजार , ४ हजार , ३ हजार र २ हजार नगद तथा प्रमाण पत्र प्रदान गरिएको थियो ।

कार्यक्रममा एन प्याव्सन दाङको नयाँ कार्य समितिले चयन गरेका सल्लाहकारहरु सुवोध कुमार डागि , सुरेन्द्र जिसि , राजेन्द्र कुमार पाण्डे , गुणाखर ढकाल र प्रेम नेपालि लाई प्रमाण पत्र समेत प्रदान गरिएको थियो । बिभिन्न चरणमा संचालन गरिएको हाजिरि जवाफ प्रतियोगितिाको संचालन ज्ञान ज्योति स्कुलका शिक्षक सुदिन भण्डारि र छात्रा समिक्षा एम सिले गर्नु भएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*