Home / Feature Breaking news / जाजरकोटको नलगाडका ५० परिवारलाई फाईबर सिरक वितरण

जाजरकोटको नलगाडका ५० परिवारलाई फाईबर सिरक वितरण

दाङ, २ फागुन
जाजरकोटका भुकम्प पीडितहरुलाई फाईबरको सिरकहरु वितरण गरिएको छ । नेपाल महिला सामुदायिक सेवा केन्द्रको पहलमा जाजरकोटको नलगाड नगरपालिका वडा नम्बर १ अनापानी जाजरकोटको ५० घरपरिवारलाई फाईबरको सिरक वितरण गरिएको हो ।

नेपाल महिला सामुदायिक सेवा केन्द्र घोराही दाङ र नागरिक आवाज ललितपुरको सहकार्यमा भुकम्प प्रभावित जिल्लाहरु जाजरकोट र रुकुम पश्चिममा सञ्चालित सामुदायिक सुरक्षा जालो कार्यक्रम अन्तरगत जाजरकोटको नलगाड नगरपालिका वडा नम्बर १ को अनापानीका ५० भुकम्प प्रभावित परिवारलाई फाईबरको सिरक प्रदान गरिएको नेपाल महिला सामुदायिक सेवा केन्द्र दाङका अध्यक्ष कल्पना न्यौपानेले जानकारी दिनुभयो ।

नेपाल मारवाडी युवा संगठन र नमूना एकीकृत विकास परिषद् रुपन्देहीसँगको सहकार्य एव. प्रगतिशील युवा क्लब नलगाड नगरपालिका १ जाजरकोटको व्यवस्थापनमा फाईबर सिरक वितरण गरिएको उहाँले जानकारी दिनुभयो । नलगाड नगरपालिका वडा नम्बर १ जाजरकोटसँगको समन्वयमा सिरक वितरण गरिएको थियो ।

२०८० कार्तिक १७ गतै भएको विाशकारी भुकम्पबाट प्रभावित क्षेत्र जाजरकोट र पश्चिम रुकुममा नेपाल महिला सामुदायिक सेवा केन्द्रले नागरिक आवाज आवाजसँगको सहकार्यमा सामुदायिक सुरक्षा जालो कार्यक्रम अन्तरगत सुप किचन कार्यक्रम, मनोविमर्श सेवासँगै स्वास्थ्य सचेतना र राहत वितरणको काम गर्दै आएको कार्यक्रम संयोजक सुजन पौडेलले जानकारी दिनुभयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*