Home / Feature Breaking news / ‘नटआउट’ सुशान्त

‘नटआउट’ सुशान्त

देवेन्द्र बस्नेत
थाईल्याण्डले पस्केको ५२ रनको लक्ष भेट्टाउनु थियो नेपाललाई । ‘क्रिज’ मा थिए दाङका सुशान्तसिंह थापा । अन्तराष्ट्रिय स्तरको उनको पहिलो खेल । खेलमा उत्कृष्ट लय पकड्नु उत्तिकै चुनौतीपूर्ण थियो शुशान्तलाई । तथापी साहस चुलिएको थियो । सुझवुझ तवरले उनले २५ रन खेले ।

sushant

त्यहि रन नेपालका लागि ‘अन्डर १६ च्याम्पीयनसिप’को उपाधि चुम्न काफी बन्यो । पहिलो अन्तर्राष्ट्रिय खेलमा ‘नटआउट’ रहेर नेपाललाई उपाधी दिलाएका शुशान्तले त्यो खेलको श्रेय भने उनि एक्लैले लिन चाहँदैनन् । भन्छन् ‘क्रिकेटमा कुनै एक ब्यक्तिले जित्दैन,सिंगो टिमले जित्ने हो ।’
तीन बर्ष अघि मलेशीयाको मैदानमा नेपालका लागि निर्णायक बनेका खेलाडी गत बर्ष फेरी अर्को अन्तर्राष्ट्रिय खेलमा अनुबन्धीत भए । ईन्टरनेशनल कलेज प्रिमीयर लिगका लागि बुटवल स्थित ऐपेक्स कलेज मार्फत भारतको मैदानमा उत्रिएका शुशान्तको प्रमुख लक्षनै ‘अण्डर १६’ को जस्तै उत्कृष्ट खेल पस्कनु थियो । आफगानीस्तानसंग फाईन खेलेको नेपाल त्यो बेला पनि बिजेता बन्यो । शुशान्तका लागि यो अर्को ऐतिहासिक सफलता बन्यो ।

लगातार दुईपटकका अन्तर्राष्ट्रिय खेलमा ‘ट्रफी’ उचालेर घर फिरेका शुशान्तका लागि अन्तर्राष्ट्रिय खेलमै ‘ह्याट्रिक’ गर्ने अर्को अवसर जुर्यो,अहिले सिंगापुरमा जारी ‘अण्डर १९ च्याम्पीयनसिप’ प्रतियोगीता । तर अफसोच अभ्यास खेलमा चोट खेप्नु परेपछि ह्याट्रिक गर्ने अवसर उनका लागि गुम्यो । ‘मेरो लागि यो अर्को ठूलो अवसर मिलेको थियो,’शुशान्तले भने ‘तर अभ्यासकै क्रममा चोट खेप्नु परेपछि म त्यो अवसरबाट चुकेँ ।’ उनि यो खेलका लागि छानिएका १८ खेलाडी मध्य नेपालबाट छानिए । अभ्यास खेलका लागि शुसान्त सहितको नेपाली टिम भारतको दिल्ली पुग्यो ।

पहिलो अभ्यास खेलमा ‘ब्याट्स म्यान तथा किपर’ उनले राम्रो सशक्त प्रदर्शन देखाए । दोस्रो अभ्यास खेल अन्तर्गत उनि ‘फिल्डीङ अभ्यास’का लागि मैदान उत्रिए । किपर बसेर अभ्यास खेल खेल्दै गर्दा बलले उनको हातमा चोट लाग्यो । अन्ततः उनको सिंगापुर यात्रा भारतको दिल्लीमै टुंगियो । ‘बलले हातमा चोट लागेपछि म खेल्नै नसक्ने भएँ,’उनले भने ‘त्यसपछि मलाई घर फर्कनुको अर्को बिकल्पै रहेन ।’ अण्डर १९ का लागि साथीहरु सिंगापुरका लागि उडे उनि भने घर फिर्ता भए । ‘त्यो बेला साह्रै नमज्जा लाग्यो,’उनले भने ‘अरु साथीहरु खेलका लागि तयार भएर गन्तव्य ताक्दा म भने निराश बनेर घर फर्कनु परेको थियो ।’

sushant2
तथापी उनि झण्डै तीन साताको भारत बसाईका क्रममा थप ज्ञान लिएर फर्किएका छन् । उनले थपे ‘म मैदानमा उत्रन सकेन, तर भारतीय टिम खेलेको हेरीरहन्थेँ,यसले मलाई थप ज्ञान दिलाएको छ ।’ सिंगापुरमा रहेको नेपाली क्रिकेट टोलीको आँफू सदस्य बन्ने मौकाबाट चुक्नु परेपनि उनि ‘अपडेट’ भैरहेकै छन् । विहिवार अफगानीस्तानसंगको फराकिलो हारको प्रसंग आउना साथ उनि केहि ‘मन्द’बने, मानौँ उनले पनि त्यो खेलमा हारेका छन् । आफ्नो सहभागीता सहित त्यो खेलको कल्पना गर्दै उनले भने ‘म भैदिएको भए जिताईहाल्थेँ भनेर त म भन्दिन, तर सुहाउँदो प्रतिष्पर्धा सम्म पुर्याउने थिएँ कि भन्ने चाहिँ लागेको थियो ।’
अन्तर्राष्ट्रिय प्रतियोगीतामै क्रिकेटमा नेपालका लागि योगदान दिईसकेका शुसान्तका लागि अहिलेको यो खेल गुम्नुको पीडा छैन । तर आगामी खेलहरुमा उच्च प्रदर्शन कसरी देखाउने भन्ने चिन्तन बढि छ । ‘हामीहरुले जहिले पनि ससक्त प्रदर्शनको सोँच राखिरहेका हुन्छौँ,’उनले भने ‘विगतमा के भयो ? हैन,अब के गर्ने भन्ने सोचाई राखिनु पर्छ ।’
घोराहीका शुसान्त अहिले यहाँ स्थित दीप शिखा उच्चमाविमा ११ मा अध्ययनरत छन् । उनमा क्रिकेट मोह यति छ कि,खेलका अघि पढाई गौण जस्तै बनिदिन्छ । उनले भने ‘मैले धेरै पटकका परिक्षाहरु छोडेर प्रतिष्पर्धामा सहभागीता जनाएको छ,अहिले पनि अण्डर १९ को तयारीकै क्रममा मैले ११ को परिक्षा छोडिदिएँ ।’ स्कुले उमेर देखि ‘बल र ब्याट’संग अभ्यस्त बन्न सुरु गरेका शुसान्तको पहिलो क्रिकेट प्रतिष्पर्धा घोराहीमै क्लव स्तरिय भएको थियो । उनलाई खेलको मेसो पहिल्याईदिने गुरु हुन् ‘सञ्जु क्षेत्री ।’ जसले अहिले पनि सुशान्तलाई क्रिकेट सिकाईरहेकै छन् । ‘मैले उहाँबाटै सबै सिक्न पाएँ,’शुसान्तले भने ‘अहिले पनि उहाँबाटै सिकिरहेको छु ।’

sushant1

शुशान्तका अनुसार क्रिकेट खेलमा पनि सबै भन्दा महत्वपूर्ण सिकाई भनेको अनुशासन हो । त्यसपछि मात्रै खेलको नियम तथा प्राविधीक कुराहरुको ज्ञान आवश्यक ठहर्छ । यहि ज्ञान प्राप्त शुसान्त अहिले सम्म अन्तर्राष्ट्रिय तथा राष्ट्रिय स्तरका गरि दर्जनौँ प्रतियोगीतामा सहभागी भैसकेका छन् । उनि केहि समय अघि मात्रै धनगढीमा भएको नेपालको सबै भन्दा ठूलो क्रिकेट प्रतियोगीता ‘डिपीएल’मा लागि पनि काठमाडौँ स्थित एक क्लवबाट सहभागी भएका थिए ।
‘राष्ट्रिय स्तरका गेमहरु म बढि खेलेको छु,’उनले भने ‘अन्तर्राष्टिय स्तरको गेममा कसरी अटाउने भन्ने लक्षका साथ अहिले म सिकाईमै छु ।’ तथापी नेपालको खेल क्षेत्रको सुस्त बिकासले खेलाडीहरुले राम्रो अभ्यास पाउन नसकेको उनको गुनासो छ । उनले भने ‘अरु त के कुरा गारुैँ ? हाम्रो दाङको कुरा गर्नुहुन्छ भने यहाँ क्रिेट खेल्नका लागि राम्रो खेलमैदाननै छैन ।’ शुसान्तले क्रिकेट खेलका लागि पारिवारिक सहयोग पनि उत्तिकै पाईरहेका छन् । १८ बर्षिय शुशान्त भन्छन् ‘मेरो परिवारले पनि अव मलाई खेल क्षेत्रमै जमेको हेर्न चाहन्छ ।’

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*