घोराही, ३ भदौ ।
नेपाल महिला सामुदायिक सेवा केन्द्रले संस्थाको २९ औँ स्थापना दिवसको अवसरमा रक्तदान कार्यक्रम गरेको छ । वि.स २०५० भदौ ३ गते स्थापना भएको संस्थाको २९ औँ स्थापना दिवशको अवसरमा २९ जनाले रक्तदान गर्नुभएको थियो ।

केन्द्रको स्थापना दिवशको अवसरमा शान्ता कुमारी खनाल, नमराज अधिकारी, दामोदर खनाल, पवन योगी, छवि पुरी, चतुरमान चौधरी, खीमराज चौधरी, कमल पोख्रेल, बमबहादुर खड्का, पार्वति बस्नेत, गोपीराम पुरी, प्रयुष योगी, सम्भव डिसी, सन्दिप डिसी, बसन्ता बस्नेत, विष्णु भण्डारी, युवराज सुनार, अर्जुन सेर्पाईली, सन्दिप गोराथोकी, शारदा पुरी, माधवप्रसाद तिमल्सीना, सरद पौडेल, प्रज्वल डिसी, रमेश गौतम, समीर भुषाल, लक्ष्मी गुप्ता, लक्ष्मी ढकाल, अम्भीका वली, सरस्वति चौधरीले रक्तदान गर्नुभएको थियो ।

संस्थाका उपाध्यक्ष विष्णु गिरीको अध्यक्षता तथा संस्थाका कानुनी सल्लाहकार सुष्मा गौतमको प्रमुख आतिथ्य एवम् संस्थाका संस्थापक अध्यक्ष बिमला योगीको विशिष्ट आतिथ्यमा कार्यक्रम गरि रक्तदान गरेको हो ।
स्थापना दिवसमा हरेक वर्ष रक्तदान गर्दै आएको संस्थाले सामाजिक, आर्थिक क्षेत्रमा उल्लेख्य योगदान गर्दै आएको कार्यक्रममा बोल्ने वक्ताहरुले बताएका थिए । कार्यक्रममा बोल्दै प्रमुख अतिथि गौतमले सामाजिक र आर्थिक उत्थानका लागि संस्थाले स्थापना कालदेखि समाजका विभिन्न क्षेत्रमा भुमिका निर्वाह गर्दै आएको हुँदा धेरैको जीवन बदल्न सम्भव भएको बताउनुभयो ।
सहयोगापेक्षी वर्ग र समुदायलाई मात्रै नभई महिला वर्ग, पहुँच नपुगेका समुदायमा संस्थाले असल सोच र कामका माध्यमबाट भुमिका खेल्दै आएकाले अहिले हजारौँको जीवन सहज बन्न सम्भव भएको उहाँको भनाई थियो । सामाजिक कामलाई पहिलो प्राथमिकता राखेको संस्थाले आफ्नो स्थापना दिवसमा रक्तदान गरेर राम्रो काम गरेको भन्दै प्रशंसा गर्नुभयो ।

कार्यक्रमका विशिष्ठ अतिथि संस्थापक अध्यक्ष योगीले मानिसलाई आत्मज्ञानको असल व्यवहारले मनमा सन्तोष दिए जस्तै संस्थाको असल नीति र कामले समाजमा सकारात्मक प्रभाव पर्ने बताउनुभयो । २०५० साल भदौ ३ गते संस्था स्थापना गर्दा सामाजिक रुपान्तरणका लागि शिक्षा, सचेतना, स्वास्थ्य र स्वस्थ समाजको परिकल्पनासँगै कानुनी राज्य स्थापनाको लक्ष्य राखेरअघि बढेको बताउँदै यो कामले सार्थकता पाउँदै गएको बताउनुभयो । खासगरी, महिलाहरुको उत्थान, स्वावलम्बन, आर्थिक रुपान्तरणका लागि जागरण, बालिका शिक्षा, स्वास्थ्यका क्षेत्रमा संस्थाले विभिन्न परियोजना मार्फत योगदान दिँदै आएको उहाँको भनाई थियो ।

रक्त संचार सेवा केन्द्र घोराहीका ईञ्चार्ज दीलिप न्यौपानेले रक्तदान मानव धर्मको एक रुप भएकाले संस्थाले आफ्नो जन्मदिनमा रक्तदान गरेर धेरैको जीवन बचाउने काम गरेको भन्दै प्रशंसा गर्नुभयो । हरेक बर्ष नेपाल महिला सामुदायिक सेवा केन्द्रले स्थापना दिवशमा रक्तदान गरेर पुण्यको काम गरेको भन्दै न्यौपानेले अन्य संस्थाहरुले पनि यसबाट पाठ सिक्नुपर्ने बताउनुभयो ।
कार्यक्रममा नेपाल महिला सामुदायिक सेवा केन्द्रको संस्थागत विकासकालागी महत्वपूर्ण योगदान गर्नुहुने कानुनी सल्लाहकार सुष्मा गौतमलाई सम्मान गरिएको थियो ।
कार्यक्रममा लायन्स क्लब अफ घोराही सिटीका अध्यक्ष तथा संस्थाका व्यवस्थापक पवन योगी, जाल्पा सामुदायिक लघुवित्त वित्तीय संस्थाका घोराही शाखा प्रबन्धक माधवा रेग्मी, संस्थापक सदस्य तथा जाल्पा संस्थाका आन्तरिक लेखा प्रमुख कल्पना कार्की, महिला शान्ति र सुरक्षा कार्यक्रमका सामाजिक मनोविमर्शकर्ता लक्ष्मी ढकाल, नेपाल पत्रकार महासंघ दाङ शाखा सचिव आर.के शीतल, रेडियो मध्यपश्चिमका समाचार प्रमुख छवि पुरीलगायतले शुभकामना मन्तव्य व्यक्त गर्नुभएको थियो ।
संस्थाकि कोषाध्यक्ष देवा जिसीको स्वागत मन्तव्यबाट शुरु भएको कार्यक्रमको सहजीकरण सचिव शिवा योगीले गर्नुभएको थियो ।
RaptiSandesh RaptiSandesh