घोराही, ३ भदौ
नेपाल रेडक्रश सोसाईटी घोराही शाखाले नेपाल महिला सामुदायिक सेवा केन्द्रलाई सम्मान गरेको छ ।
सो सम्मापत्र नेपाल महिला सामुदायिक सेवा केन्द्रको २९ औँ स्थापना दिवशको अवसरमा आयोजित रक्तदान कार्यक्रममा सो सम्मानपत्र प्रदान गरिएको हो ।
नेपाल महिला सामुदायिक सेवा केन्द्रले हरेक स्थापना दिवशमा रक्तदान कार्यक्रम गरेको भन्दै नेपाल रेडक्रश शोसाईटी घोराही शाखाको तर्फबाट रक्त सञ्चार घोराहीका प्रमुख दिलीप न्यौपानेले संस्थापक अध्यक्ष बिमला यागीलाई सम्मान पत्र प्रदान गर्नुभएको थियो ।
५६ औँ रक्त सञ्चार दिवशको अवसरमा गरिएको सम्मानको सम्मानपत्र केन्द्रलाई प्रदान गरिएको हो ।
RaptiSandesh RaptiSandesh