आसन्न निर्वाचनका लागि जिल्लाका उम्मेदवारहरु मतदातासंगको भेटघाटमा व्यस्त बनेका छन् । आगामी निर्वाचनमा आफूलाई मतदानका लागि अनुरोध गर्दै उम्मेदवारहरु गाउँ केन्द्रीत बनेका छन् । आमजनताको मौलिक अधिकारका निम्ती युवाहरुको प्रतिनिधित्व गर्दै गोँ केन्द्रीत बनेका उम्मेदवार हुन् दाङ २ ख का प्रदेशसभा सदस्य उम्मेदवार प्रचण्ड न्यौपाने । राजनीतिमा युवा प्रतिनिधित्वको खाँचो महशुस गरिरहेका बेदला न्यौपानेले मतदाताहरुको त्यो अपेक्षालाई पुरा गर्ने अठोटका साथ मैदानमा उत्रिएका छन् । उनले आफ्नो चुनावी क्षेत्रका प्रत्यक मतदाताहरुसंग आफ्नो निकटस्थता बढाईरहेका छन् । यसका लागि आफ्नो चुनावी क्षेत्रका प्रत्यक वस्तीहरु उनका ‘भ्रमण थलो’ बनिरहेका छन् ।
युवा नेता उम्मेदवारका रुपमा प्रस्तुत हुँदा मतदाताहरुलाई उनि प्रतिको बिश्वास चुलिँदै गएको छ । प्रखर वक्ता सहित विकासे योजनाहरुको सुचीकृत गरेर गाउँ पसेका न्यौपानेको उपस्थितीले त्यो विकासे अपेक्षा पुरा हुनेमा मतदाताहरुमा अधिक आशा चुलिएको छ । उनै न्यौपाने आईतबार चुनावी अभियानका क्रममा घोराही उपमहानगरपालिका वडा नम्बर ८ का मतदाताहरुसंगको साक्षात्कारमा व्यस्त भए । उनले यो वडाका विभिन्न टोलहरुमा पुगेर मतदाताहरुका अपेक्षा सुने अनि जनअपेक्षा पुरा गर्ने योजना निर्माण सहित फर्किए । ‘अधिकांश मतदाताहरुले मौलिक अधिकार प्राप्तीकै कुराहरुमा जोड दिनुहुन्छ,’ उनि भन्छन् ‘राज्यलाई नागरिकको यो अपेक्षा र आवश्यक्ता प्रति जिम्मेवार बनाउने संकल्प सहित आफूलाई ‘मुभ’ गरिरहेको छु ।’
यसैक्रममा घोराही ९ मा एमालेका कार्यकर्ताहरु कांग्रेसमा प्रवेश समेत गरेका छन् । चुनावी अभियानका क्रममा न्यौपाने सहित कांग्रेस नेताहरुले एमाले परित्याग गरेका बलबहादुर बस्नेत,मदन बुढाथोकी,बिष्णु प्रसाद श्रेष्ठ,पुष्कर केसी, अमृत केसी लगाएत थुप्रै कार्यकर्ताहरु कांग्रेस प्रवेश गरेका हुन् । उनिहरुलाई न्यौपाने सहित कांग्रेस नेताहरुले स्वागत गरेका थिए ।
RaptiSandesh RaptiSandesh