काठमाण्डौ,३ मंसिर । नेपाली कांग्रेसका जिल्ला सभापतिहरूको भेला मंसिर १२ र १३ गते नुवाकोटको ककनीमा हुने भएको छ।
मंसिर अन्तिम साता हुने महासमिति बैठकअघि सामूहिक धारणा बनाउन भन्दै ७५ जिल्ला सभापतिहरू भेलामा सहभागी हुन लागेका हुन्।
पार्टीले बनाइराखेको संघीय विधानलाई अझ राम्रो बनाउन सकिन्छ भन्ने छलफल र महासमिति बैठकमा कसरी प्रस्तुत हुने सामूहिक धारणा तय गर्न दुई दिने भेला गर्न लागिएको आयोजक नुवाकोट कांग्रेसका सभापति जगदीश नरसिंह केसीले बताए।
भेलाको सम्पूर्ण व्यवस्थापन नुवाकोट कांग्रेसले गर्ने उनले बताए। असार पहिलो साता मकवानपुरको हेटौंडामा चुनावमा पराजयको कारण खोजी गरी समीक्षा गर्न भेला भएका जिल्ला सभापतिहरू महासमिति बैठकअघि पुन भेलामा जुट्न लागेका हुन्।
RaptiSandesh RaptiSandesh