दाङ,२ मंसिर । स्थानीय उत्पादित बस्तुहरुको बजार प्रर्वद्धन गर्ने उद्देश्यले सञ्चालन गरिएको कोसेली घरप्रति आकर्षण बढ्दै गएको छ । दाङ जिल्ला उद्योग बाणिज्य संघले स्थानीय उत्पादनलाई बजार प्रद्धन गर्ने उद्देश्यले सञ्चालन गरेको कोसेली घरमा स्थानीय उत्पादनका सामाग्रीहरु किन्न आउनेदेखि अवलोकनका लागि समेत मानिसहरु आउने गरेको कोसेली घरकी कल्पना चौधरीले बताइन ।
कोशेली घरमा जिल्ला स्थानीय विभिन्न जातजातिका कला,सस्कृतका सामाग्री,, हस्तकलाका सामाग्री, दाङमा उत्पादित पियपदार्थ, खाद्यबस्तु, सावुन, दाङका महिलाहरुले अल्लोवाट उत्पादन गरेका कपडा,लोकल भालेलगायत कृषि उत्पादनका बस्तुहरु राखिएको छ ।