Home / Feature Breaking news / निर्वाचन आयोगद्धारा आगामी निर्वाचनकाबारे अभिमुखीकरण

निर्वाचन आयोगद्धारा आगामी निर्वाचनकाबारे अभिमुखीकरण

दाङ, १७ असोज
निर्वाचन आयोगले आगामी मंसिर १० र २१ मा हुने प्रतिनिधिसभा सदस्य तथा प्रदेशसभा सदस्य निर्वाचनका लागि खटिने जनशक्तिका लागि आजबाट अभिमुखीकरण सुरु गरेको छ ।

अभिमुखीकरण कार्यक्रममा जनक शिक्षा सामग्री केन्द्र, मुद्रण विभाग, निर्वाचन आयोग तथा अन्य सरकारी कार्यालयका कर्मचारी गरी २८ जनाको सहभागिता रहेको निर्वाचन आयोगले जनाएको छ ।

कार्यक्रममा बोल्दै प्रमुख निर्वाचन आयुक्त डा.अयोधिप्रसाद यादवले त्रुटिरहित तरिकाबाट आ–आफ्नो जिम्मेवारी पूरा गर्न सहभागीहरूलाई निर्देशनदिनुभयो ।

प्रमुख आयुक्त यादवले आजैदेखि समानुपातिकतर्फको मतपत्र छपाइ कार्य शुरु भएको जानकारी दिदै आगामी निर्वाचनलाई उत्कृष्ट तरिकाले सम्पन्न गर्ने गरी तोकिएको जिम्मेवारी बहन गर्नु निर्देशन दिनुभयो ।

जनक शिक्षा सामग्री केन्द्र लिमिटेडका प्रबन्ध सञ्चालक महेशप्रसाद तिमिल्सेनाले विगतमा जस्तै निर्वाचन आयोगले दिएको जिम्मेवारी पूरा गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*