Home / Feature Breaking news / जंगली जनावरले अन्नबालीमा क्षेती पु¥याउँदा किसान चिन्तित

जंगली जनावरले अन्नबालीमा क्षेती पु¥याउँदा किसान चिन्तित

शंकर केसी
सल्यान, ६ कार्तिक । सडक, विद्युत, शिक्षा, स्वास्थ्य लगाएतका सुविधाबाट वञ्चीत रहेका सल्यान खानीगाउँका स्थानीयलाई जंगली जनावरले समेत आतंग मच्चाउन थालेपछि हैरान भएका छन् । जिल्लाको कपुरकोट गाउँपालिका वडा नम्बर ६ सिनवाङ स्थित खानी गाउँका १९ घर परिवार जंगली जनावरको उपद्रोले गर्दा पीडित भएका हुन् । जंगली जनावर बँदेल, दुम्सी, गधै बाघ, बाँदरले हरेक वर्ष मकै, गहुँ लगाएतका वालीनालिमा क्षती पुर्याउने गरेको खानिगाउँका किसान तुलाराम डाँगीले बताए ।

उनले जंगली जनावर विरुद्ध वडा कार्यालय र गाउँपालिकामा उजुरि दिँदै क्षतीपुर्तिको समेत माग गरेका छन् । ‘२९ रोपनी खेतीयोग्य जमिन मध्ये १५ रोपनी बारीमा मकै खेती गरेको थिएं,’ तुलारामले भने, ‘६ रोपनी भन्दा बढि जमिनमा रोपेको मकै सबै बँदेल, दुम्सी, गधै बाघले नष्ट गरिदिए ।’ जंगली जनावरकै कारण १४ रोपनी जमिनमा खेती नै नगरिएको उनले जनाए । गाउँका ३० घर परिवार मध्ये १९ घर परिवारले खेती गरेको मकै वालीमा जंगली जनावरले उपद्रो मच्चाउने गरेको बताए ।

अर्का कृषक हुर्मत खड्काको पनि ५ रोपनी भन्दा बढि क्षेत्रमा लगाएको मकै जंगली जनावरले नष्ट गरेका छन् । नेत्रलाल वस्नेत, मिनराम वोहोरा लगाएतका किसानले जंगली जनावरको हानी नोक्सानीका कारण मकै वाली राम्रो संग नपाक्दै भित्राएका छन् । तर तुलाराम डाँगीले भने वाली भित्राएका छैनन् । आफ्नो वालीको निरिक्षण गरिदिन आग्रह गर्दै उनी वडा तथा पालिकामा पुगेका छन् । उनले भने, ‘६ नम्बर वडा कार्यालय र गाउँपालिकामा मैले निवेदन दिएको छु । जनावरको पिडाले गाउँमा बस्नै नसकिने स्थिती आयो । स्थानीय सरकारले केहि उपाय लगाईदिन्छ की भन्ने आशा छ ।’

रातको समयमा एक साथ ८–१० वटाको समूहमा बँदेल मकै बारीमा पस्ने गरेको किसानहरुले बताउने गरेका छन् । बाँदरले दिउँसोको समयमा मात्रै क्षती गर्ने भएकाले धपाउन सजिलो हुने गरे पनि बँदेल, दुम्सी लगाएतका जनावरबाल वालीनाली बचाउनै मुस्किल भएको किसानहरुको दुखेसो छ । किसानहरुले भनेका छन्, ‘रातभरी बारीमा बस्ने गरे पनि वालीनाली जोगाउनै सकिदैन ।’ जनावर भगाउन बारिमा कोले झुण्डाएर बजाउने लगाएतका उपाय अवलम्बन गरेपनि प्रभावकारि हुन नसकेको उनीहरुले बताए ।

तुलारामले भने, ‘सुरुमा बावियोको डोरी बनाएर घरबाट बारि सम्म डोरी तानेर कोले झुण्डाएर बँदेल धपाउने कोसिस गरेँ, डोरी पनि चुँडियो । अहिले २ हजार रुपैयाँ खर्च गरेर फलामको तारमा कोले टंगाएको छु, तै पनि मकै वाली जोगाउन सकिएन ।’ गत वर्ष बँदेलले क्षती गर्दा ३ मुरी भन्दा बढि गहुँ पनि नष्ट भएको जनाउँदै उनले यस पटक ६ मुरी भन्दा बढि मकै नष्ट भएको बताए । स्थानिय काउले खोला सामुदायीक वनबाट जंगली जनावर आएर वाली नालि नष्ट गर्ने गरेको किसानहरुले बताएका छन् ।

यसैविच कपुरकोट गाउँपालिकामा क्षतीपुर्तिका लागी निवेदन परेपछि गाउँपालिकाले सम्बन्धीत कार्यालयलाई आवश्यक प्रक्रिया अगाडि बढाउन अनुरोध गरेको छ । क्षतीको विवरण संकलन गर्न र आवश्यक प्रक्रिया अगाडि बढाउन सव डिभिजन वन कार्यालय कपुरकोट र कृषि विकास शाखालाई पत्राचार गरिएको गाउँपालिकाका निमित्त प्रमुख प्रशसकीय अधिकृत अरुण दाहालले जनाए । गत वर्ष पनि गाउँपालिका तथा वन कार्यालयको पहलमा जंगली जनावरको क्षती ब्यहोरेका किसानले राहात प्राप्त गरेका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*